काठमाडौं, ३० असोज । नेपाली गायन क्षेत्रका किङ राजेशपायल राईले यसपटकको दसँै युरोपमा मनाउने जनाएका छन् । युरोपमा रहेका नेपालीको हातबाट टीका र जमरा लाएर दसँै मनाउन उनी युरोप जान लागेका हुन् ।
विगतको तुलनामा यो वर्षको दसैँ अलि विषेश हुने उनले बताएका छन् । उनले भने, ‘यसैपाली देशले नयाँ संविधान पायो । पहिलोपटक मुलुकमा महिला सभामुख भइन् । यो सन्देशले पनि विदेशमा बसेका धेरै नेपालीलाई खुसी बनाउनेछ ।’
उनले विदेशमा दसैँ मनाएको यो नै पहिलो पटक होइन । विगतमा पनि पटकपटक विदेशमा बस्ने नेपालीसँग दसैँ मनाएका उनको यसपाली उनको युरोप टुर डेनमार्कबाट सुरु हुने भएको छ । त्यसपछि जर्मनी, बेल्जियमलगायत २० भन्दा बढी मुलुकमा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
सांगीतिक टुरकै सिलसिलमा विश्वका धेरैजसो मुलुक घुमिसकेका छन् उनले । युरोपका नेपालीसँग १ महिना बढी बिताउने योजनामा रेहेका राई त्यसपछि भने नेपालमै हुनेछन् ।
प्रतिक्रिया