काभ्रे, २६ असोज । नजिकिँदो चाडबाडसँगै भएको अभावको बाबजुद पनि संघर्षहरू गर्दै आएका जनताहरूमा संविधान जारी भएपछिको अपेक्षामा केही निराशा पलाउन थालेको छ । बजारमा सामानहरूको कृत्रीम अभाव सिर्जना गरेको भन्दै सस्र्युखर्क ४ का रोजन वाग्लेले भुकम्पको पीडा विर्सन नपाउँदै आपूmहरूलाई अर्काे पीडा थपेको बताए । उनले बजारमा हुने गरेको अभाव लुट्ने बाहाना मात्रै भएको भन्दै दुखेसो व्यक्त गरे । यस्तै कोसीपारीका नवराज चौलागाँईले पनि भुकम्प पछि र अघि भएको सबैखाले गतिविधिले आफूहरूलाई झन पीडामाथिको सङकट परेको बताएका छन् ।
यता दसैँँको किनमेल गर्ने आएका डाँडापारीका रूपक तामाङले पनि आपूmहरूलाई फकाई फकाई फसाएको बताएका छन् । उनी केही महिनाअघि मात्रै वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया तीन वर्ष बसेर फर्केका हुन् । जिल्लामा नयाँ एसपी आएका र पुराना एसपीहरूको सरुवा भए पनि सिडियो नहुँदा र नयाँ आएका सिडियोले बजारका व्यवसायीहरू र कार्यक्षेत्र राम्ररी नसम्हाल्दा जिल्लाको व्यापारिक केन्द्रहरूमा उपभोक्तामाथि व्यवसायीको मनपरी रहेको भिमखोरीका समाजसेवी दीर्घसिहं लामाले बताए ।
वजार अनुगमन नहुँदा वस्तुको तौल र सेवा सुविधा र गुणस्तरमा त दैनिक ठगी गरी नै रहेका छन् त्यसमाथि नजिकिदो चाडवाडमा भने उपभोक्तालाई मूल्यमा समेत ठगी गर्न थालेका छन् । बनेपाको फुटपाथमा र बजारमा चाडबाडको मौका छोप्दै मूल्यमासमेत ठगी गर्दै आईरहेको पाईएको छ । भारतको अघोषित नाकाबन्दीको असर देखाँउँदै बनेपाको पसलहरूमा दैनिक उपभोग्य सामानहरू,ग्याँस नौ हजार तिन सय प्रति सिलिन्डर, चामल साधारण प्रति बोरा एक हजार सात सय ४५,दाल प्रति किलो मासको एक सय ६५, तेल तोरीको प्रतिलिटर एक सय ८५ सम्म लिने गरेका छन् । पाँचखालको रानीपानी– ४ बस्दै आएका विश्वनाथ सापकोटाले दसैँँको लागि ल्याएको रु १३ हजार खर्च सामान्य किनमेलमै सकिएपछी बनेपाको बजारमा ठगिको रहस्य खुलेको हो ।
जिल्ला प्रसासन कार्यलय काभ्रेमा सिडिओ नहुँदा नियमित अनुगमनमा समस्या देखिएको भन्दै निमीत्त सिडिओलाई भ्याई नभ्याई भएपछि यस्तो कुरामा खासै अनुगमन चासो नराख्दा सर्वसाधारण,उपभोक्तालाई व्यवसायीले लुट मच्चाउन थालेका छन् । काभ्रे उद्योग वाणिज्यले तोकेको मूल्य भन्दा २५ प्रतिशत बृद्धी हुँदा पनि भारतबाट सामान नआएको भन्दै व्यवसायीले आफुखुसी सामानको मूल्य तोकेर बेची रहेका छन् । यस्तै पेट्रोलिय पदार्थको सहज आपुर्ति हुन नसकेपछि काभ्रेको सम्पुर्ण होटलहरू बन्द हुने अवस्थामा पुगेका छन् । सर्वसाधारणहरू गाउँ फर्कन थालेका छन् । भने नजिकिदै गरेको चाड दसैँमा ब्यापार ब्यवसाय गर्ने योजना बनाएका ब्यवसायीहरूले मनपरी गर्न थालेपछि सर्वसाधारण झन मर्कामा परिरहेका हुन् । राजधानी काठमाडांैसँग नजिक रहेको काभ्रेपलाञ्चोक जिल्ला हरेक कुराले सुविधा सम्पन्न मानिदै आए पनि व्यवसायी माथि अनुगमन नहुँदा भने सर्वसाधारण ठगीमा पर्ने गरेका छन् । दुईवटा राजमार्गको केन्द्र बनेपा बजार दसैँ लाग्नु एक महिना अगावै चहलपहल हुने गर्दछ । प्रेट्रोलियम पदार्थको सहज आवागमन हुन नसक्दा बजार सुनसान भैसकेको ब्यवसायीको गुनासो छ भने सर्वसाधारणले भने दैनिक उपभोग्य वस्तु सहज आपुर्तिमा कठिनाई र ठगीको समस्या भोगी रहेको कोसीपारीका दिपेन्द्र चौलागार्ईंले बताए ।
व्यवसायीले भने अरु सामान नआएको र भएको सामान पनि सिद्धिदै गएपछि यस्तो भएको दावी गरेका छन् । यस अघिका वर्षहरूमा दसैँको एक महिना अगावै बजारमा सामान खोज्न आउनेहरूको भिड हुन्थ्यो अहिले भएका मान्छेहरू समेत घर फर्कन थालिसकेका छन्’–बनेपामा पसल राख्दै आएका डिपकुमार श्रेष्ठले भने–‘यस्तै अवस्था रह्यो भने चाडवाड समेत मान्न सक्ने अवस्था रहँदैन ।’ यता डेरा गरी बस्नेहरूलाई विद्यालयहरू बन्द नहुँदा अभिभावकहरूले बालबालिकाहरूलाई छाडेर गाउँ फर्कन सकेका छैनन । दसैँको मुखमा डिजेल, प्रेट्रोल नभएकै कारण विद्यालय बन्द गर्दा मासिक शुल्क उठाउन समस्या पर्ने र शिक्षक कर्मचारीलाई भुक्तानी गर्न समस्या हुने भएकाले केही विद्यालयहरूले गाडी बन्द गरेर भए पनि विद्यालय संचालनमा ल्याएका छन् । घटस्थापनादेखि बन्द गर्ने तयारीमा रहेका अधिकांश विद्यालयहरू भूकम्पका कारण दुई महिना बन्द भएकाले फुलपातीको अघिल्लो दिनसम्म संचालनमा ल्याउने तयारीमा थिए । जिल्लामा रहेका साना तथा घरेलु उद्योगहरू ग्याँस र डिजेल अभावकै कारण बन्द हुँदै आएका छन् यसकारण उपभोक्ता ठगीे पनि व्यापक हुँदै आएको एक होटल सञ्चालकले बताए । काभ्रे उद्योग वाणिज्य संघका सदस्य रोहितकुमार श्रेष्ठले भने वस्तुको आयत गर्दा लाग्ने ढुवानी भाडामा बृद्धी भएकोले सामान्य मात्रामा मात्रै मूल्य बढेको बताएका छन् । काभ्रेमा रहेका हरेक व्यवसायीले दैनिक उपभोग्य सामान बाहेकका सामानमा डबलसम्म मूल्य लिने गरेको पनि गाउँका किसानहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया