इलाम, २६ असोज । मुख्य चाडबाड नजिकिँदै जा“दा इलामको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । वडादसैँ र दीपावली नजिकिँदै जा“दा जिल्लामा सुरक्षा व्यवस्थालाई कडा बनाउ“दै लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउनका लागि मोटरसाइकल गस्ती बढाएको छ भने, सरप्राइज चेकिङ सुरु गरेको छ । दसैँ तिहारमा हुने अपराधिक गतिविधि तथा घटनाहरूलाई निरुत्साहित गर्न तथा त्यस्ता खाले घटना हुन नदिन सुरक्षा व्यवस्थालाई मजबुद बनाइदंै लगिएको डिएसपी प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार चेकिङ राजमार्ग र बजार क्षेत्रमा बढि मात्रामा हुनेछ ।
त्यसैगरी चाडबाडमा सवारी दुर्घटना अत्यधिक हुने सम्भावना भएकाले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक चेकिङलाई पनि कडाई गरीएको डिएसपी रानाभाटले बताए । वित्तीय संस्था आर्थिक कारोबार बढी हुने तथा बढि मानिसको भीडभाड र चहलपहल हुने क्षेत्र तथा ठाउँहरूमा पनि सुरक्षा व्यवस्थालाई कडाई बनाइएको प्रहरीले जनाएको छ ।
सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि बढी मात्रामा सादा पोसाकका प्रहरी समेत परिचालन गरीएको छ । चाडबाडको समयमा कुनै पनि घटना भएमा वा हुने संकेत देखिएमा तत्कालनजिकको प्रहरी कार्यालय तथा एक सयमा खबर गरिदिन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।
बैंकिङ क्षेत्रमा चाढबाडमा बढी कारोबार हुने भएकाले प्रहरीले बैंकका प्रमुखहरूलाई सुरक्षा सतर्कतासम्बन्धी जानकारी गराइ सकेको छ । रमाइलोको नाममा जुवातास खेलेको तथा खेलाउने गरेको, मादक पदार्थ सेवन गरी हो हल्ला झै—भगडा गरेको पाइएमा तत्काल पक्राउ गरी कानुनी कारबाही गरिने प्रहरीले चेतावनीसमेत दिएको छ । खुला सीमानाको फाइदा उठाएर अवैध रूपमा सामग्री नेपाल भित्राउने तथा अपराधिक क्रियाकलाप गर्ने मनाशयले पटक लगायतका विष्फोटक पदार्थ भित्र्याउन सक्ने हुूदा त्यस्ता सम्भावित नाकामा पनि सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको रानाभाटले जनाए ।
चोरी, डकैती, लुटपाट, चन्दा, झैझगडालगायत अन्य आपराधिक घटना बढी हुने हुँदा यस्तो क्रियाकलाप हुन नदिन अहिले प्रहरीले विषेश सतर्कता अपनाएको जनाएको छ ।
प्रतिक्रिया