एटमबम होइन संविधान हो : शंकर पोखरेल

sankar pokhrelपाँचथर, २५ असोज । पाँचथरमा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरलेले नेपालीले एटमबम होइन, नेपालको संविधान बनाएको बताए । एमाले जिल्ला कमिटी पाँचथरको आयोजनामा आइतबार संविधानको आगामी कार्यभार विषयमा प्रशिक्षण दिन पोखरेल आएका थिए ।

कार्यक्रममा जिल्लाभरीका पार्टीकार्यकर्ताहरू माझ बनेको संविधानमा मौलिक अधिकार बारे कार्यताहरूलाइ मसिनो गरी प्रस्ट्याएका थिए । दोस्रो संविधासभाबाट संविधान बन्नुमा एमालेको भूमिकामा १६ बुँदेको उपलब्धि भएको नेता पोखरेलले जानकारी दिए । संविधान बन्नुमा ६ दशक पुरानो सपना पूरा भएकोसमेत उनले दावी गरे ।

पोखरेलले तराई आन्दोलनको विषयमा भने ‘अंगिकृत नागरिकताले नेपाल राष्ट्रको राष्ट्रपति बन्ने संविधानमा नलेखिएको बताए । आगन्तुक मधेसीलाई अंगिकृत नागरिकता दिन रोकेको हो । मधेस बस्नेहरूलाई रोकेको छैन ।’

तराई आन्दोलन गर्नेले संविधानमा अधिकार नभएको भनी नागरिकहरूलाई अनुचित कुरा गरी भड्काउन नमिल्ने उनको कथन थियो ।
अधिकार छ कि छैन भनी संविधान अध्ययन गर्न सबैलाई आग्रह गर्दै नेता पोखरेलले कार्यकर्ताहरूलाई मौलिक हकभित्रका धारा, उपधाराले के के अधिकार दिएका छन्, नहेरी गरेको आन्दोलनको सार्थकता नहुने प्रस्ट्याए ।
प्रशिक्षणमा जिल्ला, इलाका, गाउकमिटी, क्षेत्रिय कमिटीलगायत अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षणमा विभिन्न तहका पार्टीकार्यकर्ताहरूले शुभकामना दिएका थिए ।

प्रतिक्रिया