देउखुरी, २५ असोज । नयाँ सरकार गठनसँगै भारतले सीमा क्षेत्रमा गरेको अवरोध खुकुलो हँुदै जाँदा जिल्ला भित्रिने इन्धनको मात्रामा पनि बढ्दै गएको छ । जिल्लामा एक लाख ३० हजार लिटर डिजल भित्रिदा एक लिटर पनि पेट्रोल भित्रन सकेको छैन । नेपाल आयल निगमको क्षेत्रिय डिपो नेपालगञ्जमा पेट्रोल नभएको नेपाल पेट्रोलियम डिलर्स एसोशीयसनका केन्द्रिय सदस्य लिलाराम खनालले जानकारी दिए । ‘नेपालगञ्जको आयल निगकमानै पेट्रोल छैन’ उनले भने, ‘दुई तिन दिनमा पेट्रोलको आयात पनि सहज हुने विश्वास गरेका छौँ ।’
भारतले गर्दै आएको अघोषित नाकाबन्दीमा केही खुकुलो भएपछि दाङमा डिजेलको आयात भने बढेको हो । देउखुरी र दाङ उपत्यकामा एक लाख ३० हजार लिटर डिजेल भित्रिएको छ । घोराही र तुलसीपुरमा ३०÷३० हजार लिटर र देउखुरी क्षेत्रमा ७० हजार लिटर डिजेल भित्रिएको हो ।
तुलसीपुर र घोराही क्षेत्रका लागि ३०÷३० हजार लिटर डिजेल आएको नेपाल आयल निगम इन्धन डिपो दाङका प्रमुख सुजित पोख्रेलले जानकारी दिए ।
देउखुरीमा भित्रिएको डिजल वितरणमा कुपनको प्रयोग गरिएको छैन् । ‘डिजल आयातमा केही सहजता देखिएकाले पम्पहरूलाईनै मात्रा मिलाएर वितरण गर्न भनेका छौं’ ईलाका प्रसासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीले भने ‘ईन्धनको आपुर्तीमा केही सहजताको अनुभव गरेका छौं ।’ यता दाङका सिडिओ लोकनाथ पौडेलले पेट्रोलिय पदार्थको सहज आयात भए कुपन प्रणाली हट्ने जानकारी दिए । डिजल भित्रिएसँगै पम्पहरूमा तेल भर्ने सवारी साधनको लाईन लागेको छ ।
निगमको क्षेत्रिय कार्यालय नेपालगञ्जमा पनि पेट्रोल नभएकाले भारतबाट आएपछि मात्रै जिल्लाहरूमा पठाईने बताइएको छ । डिजेल नहुदा ५० प्रतिशत गाडिहरू कम चलेका छन् । त्यसैगरी पेट्रोलको अभाबले गर्दा २० प्रतिशत मोटरसाईकलहरू चल्न छाडेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यातायात व्यवस्था कार्यालय राप्तीमा दर्ता भएर दाङमा करिब २७ हजार गाडिहरू चल्दै आएका छन । ती गाडीहरूका लागि दैनिक ४० हजार लिटर डिजेल र हप्तामा ४० हजार लिटर पेट्रोल आवश्यक पर्ने गरेको छ ।
प्रतिक्रिया