पाँचथर, २० असोज । फिदिममा १२ हजार लिटर पेट्रोल आएको छ । बुधबार बाँड्न सुरु गरिएको छ । फिदिम बजारमा करिब हजार बढीले मोटर साइकलमा तेल भरेका छन् । जिल्ला प्रशासन कार्यालय पाँचथरको सिफारिसमा सञ्चारकर्मीले दश लिटर भरेका थिए । अन्य सर्वसाधारण नागरिकले ५ सयको तेल भरेका हुन् ।
बिहान ७ बजेदेखि साँझ ४ बजे सम्म डिलरले बाडेको हो । तेल पाएपछि सरकारी कर्मचारी गोपी नेपाली बिधवाभत्ता बाड्न गाउँ लागे । लामो समयसम्म भारतको अघोषित नाकाबन्दीले तेल नपाएर हाहाकार थियो । डिलरमा १२ हजार तेल आएकाले पेट्रोल डिलर प्रकाश तिम्सिनाले पालोमा लाइनमा नदोहोरिने गरी बाँडिएको बताए । कतिपयले त तिनपल्टसम्म तेल भरेको सुनाए ।
तेल पाएकाले राहत महसुस भएकाले मलामी जान र अभरमा सवारी चलाउन सकिने फिदिम नगरपालिका–२ पल्लोटारका गर्ज नेम्बाङले बताए । तेल आएको थाहा पाएपछि मोटरसाइकल धनीहरुले लामो समयसम्म लाइनमा कुरेर तेल भरेका छन् । तेल भर्नेको लाइन अस्पताल मोड नजिकदेखि पेट्रोल डिलरसम्म लामबद्घ पालोमा कुरेका थिए ।
े
प्रतिक्रिया