पाँचथर । मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रुखाखोकी, ज्वरो, टाइफाटडलगायत भाइरल रोगको बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । दैनिक ७० देखि ८० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका डा. ओमप्रकाश यादवले जानकारी दिए । बिरामीको चाप बढेपछि अहिले भुइँमा राखेरसमेत उपचार गरिएका उनले बताए ।
एक हजार ५ सयको शैयाको उक्त अस्पताल भएकाले बिरामीको चाप बढेपछि भुइँमा राखेर समेत बिरामीको उपचार गराउन बाध्य हुनुपरेको उनले बताए । अस्पतालका शैया बढाउन नागरिकले आग्रह गरे पनि अहिलेसम्म सम्बन्धित निकायबाट पहल भएको देखिँदैन ।
अस्पतालमा उपचारका लागि पाँचथर, छिमेकी तेह्रथमुको आठराई र ताप्लेजुङबाटसमेत बिरामी आउने गरेका छन् । भाइरलको प्रकोप देखिएकाले अनिवार्य मास्कको प्रयोग गर्न तथा उमालेको पानी मात्रै प्रशस्त मात्रा पिउन डाक्टरले सर्वसाधरणलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया