२२ विद्यार्थीमा तीन शिक्षक

काभ्रे, १९ असोज । पत्याउन गाह्रो छ । शिक्षक संख्या तीन विद्याथी संख्या २२ शिक्षक पनि तिनमा एक मात्रै नियमित उपस्थित बाँकी दुई घरमा बसी हाजिर गर्दै तलब खान्छन् । कुरो हो खनालथोक गाविस हाल कासिखण्ड नगरपालिका– ७ मा रहेको ०५८ मा स्थापना भएको भगवती प्राविको हो । सो विद्यालयकी प्रअ सपना श्रेष्ठ रे ! बाँकी एक जना बिदामा बस्नु भएको छ । पत्रकार पुग्दा उपस्थित विद्यार्थी ९ मात्र थिए । न पढाउने कोही शिक्षक नै विद्यालयमा थिए आधी घण्टापछि म यस स्कुलको शिक्षिका भन्दै काखीमा दुई वषर््ाको छोरो च्याप्दै आएकी एक महिलाले भनिन् ‘उहाँहरू आज मात्र नआउनु भएको हो हिजोसम्म पनि आउनु भएको थियो ।’ तर हाजिरी पुस्तिकामा उपस्थिति हेर्दा महिनौँ दिन नआएको भने स्पष्ट थियोे ।

यो स्कुलबाट १० मिनेट खोला पारी अमरनाथ प्रावि रहेको भए पनि सरकारी तलब आएसम्म स्कुल चलाउनुपर्ने विद्यालय व्यवस्थापनको निर्णयकै कारण हालसम्म पनि यस्तै हविगतमा विद्यालय सञ्चालन भैरहेको एक स्थानीय बासीले बताए । उनले भने ‘हामीले बोल्नुहुँदैन पढाइ भए पनि नभए पनि हाम्रा बच्चालाई यतै स्कुलमा भर्ना गर्न दबाब दिन्छन् । त्यसो भएपछि मैले त मेरो छोरो छोर्री बोर्डिङ मा पठाउन थालेको छु भविष्यको सवाल छ ।’ उनी थप्छन्,‘जति खर्च लागे पनि बोर्डिङमा पठाउनु पर्ने बाध्यता रहेको छ । घरमा भएको दुई छोरी र एक छोरा पठाए बापत एक जनालाई नि ःशुल्क पढाईदिन्छौँ भनका छन् ।’

प्रतिक्रिया