देउखुरी, १९ असोज । पूर्वप्रधानमन्त्रि डा. बाबुराम भट्टराईले अहिलेकै सात प्रदेशभित्रै संविधान संशोधन गरी सीमा मिलाएर समस्या हल गर्न सकिने बताएका छन् । पश्चिम कैलालीको केही भाग, पूर्वको सुनसरी मोरङ र मगरातको नमिलेका भागलाई संविधान संशोधन गरी सीमा मिलाएर संघीयताको सिमांकनमा देखिएको समस्याको हल खोज्न सकिने बताए ।
‘अहिलेकै सात प्रदेशभित्रै सीमा मिलाएर संविधान संशोधनमार्फत टुंग्याउन सकिन्छ’ भट्टराईले भने,‘पश्चिमको कैलाली, पूर्वको सुनसरी, मोरङ र मगरातको केही जिल्लाको सीमा मिलेको छैन्, त्यसलाई मिलाएर जान सकिन्छ ।’ मंगलबार दाङको लमहीमा मुक्त कमैयाँ संघर्ष समितिले आयोजना गरेको सभालाई सम्वोधन गर्दै डा. भट्टराईले अहिले समायोजनमा सहमति हुन नसके विवादमा परेका जिल्लाहरूलाई संघीय आयोगमा दिने गरी पनि सम्झौता गर्न सकिने बताएका हुन् ।
अन्तरिम संविधानमा उल्लेख भएको समानुपातिक समावेसीको मुद्दा नयाँ वनेको संविधानमा अनाधिकृत ङपमा हटाइएको टिप्पणी गर्दै भट्टराईले सामाजिक न्यायको हकमा समानुपातिक समावेसी प्रतिनिधित्वको हक कायम गर्न सकिने वताए । निर्वाचन क्षेत्र निर्धारण हिमाली क्षेत्र वाहेक अन्य क्षेत्रमा जनसंख्याको आधारमा निर्धारण गर्नुपर्ने भनाइ राखे । ‘हिमाली भेगमा जो अहिले वनेका जिल्लाहरू छन्, त्यो जिल्लाको भूभागमा कमसेकम एउटा जिल्ला क्षेत्र नघट्नेगरी निर्वाचन क्षेत्र बनाऔँ, अन्य क्षेत्रको हकमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र वनाएर विचको बाटो खोज्न सकिन्छ’ उनले भने, ‘अन्य विषयहरूको समाधान वार्ताको टेबुलबाट गर्न सकिन्छ ।’ सम्बोधनको अधिकांश समय भट्टरार्ईले नयाँ शक्ति र पार्टि परित्यागको विषयमा खर्चेका थिए ।
४० वर्षभित्र नेपाललाई संसारको सम्पन्न मुलरकको रूपमा स्थापित गर्ने योजना प्रस्तुत गरे । प्राकृतिक श्रोत साधनको उच्चतम प्रयोग गरी आगामी दश वर्षभित्र नेपालबाट गरिबी र बेरोजगारीको अन्त्य गर्ने, २० वर्षभित्र नेपाललाई मध्यमस्तरको विकासको चरणमा पु¥याउने र ४० वर्ष भित्र देशलाई संसारको सम्पन्न मुलुकको रुपमा स्थापित गर्न सकिने बताए । मुक्त कमैया संघर्ष समितिका जिल्ला अध्यक्ष माघीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष विन्तिराम यादव, मगर मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष शरण बाठा मगर, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोककुमार यादव, मुक्त कमैया समाजका महासचिव रामवचन चौधरीले सम्वोधन गरेका थिए ।
प्रतिक्रिया