नयाँ शक्तिको योजना बुन्दै भट्टराई

baburamदेउखुरी, १९ असोज । पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराईले नयाँ राजनीतिक दल गठन गर्ने वताएका छन् । भट्टराईले नयाँ शक्तिको स्वरुप राजनैतिक संगठित शक्ति हुने वताएका हुन ।

विभिन्न पार्टिमा छरिएर रहेका र कुनै पार्टिमा नलागेका स्वतन्त्र ब्यक्तिलाई संगठित गरी नयाँ राजनीतिक दल वनाउने योजना रहेको खुलासा गरेका हुन । रिपोटर्स क्लव दाङले लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले सम्वृद्ध नयाँ नेपाल निर्माण गर्ने चरणमा नयाँ ठंगले भुमिका निर्वाह गर्ने वताए । ‘संविधान सभाबाट संविधान वनाउने र एउटा राजनीतिक परिवर्तनको प्रकृया पुरा गर्ने हाम्रो अभियान पुरा भएको छ, एक यूग समापन भएको छ’ उनले भने, ‘अव हामी आर्थिक विकास र सम्वृद्धि हुदै सम्मुन्नत नयाँ नेपाल निर्माण गर्ने नयाँ यूगमा प्रवेश गर्दैछौं ।’

एकिकृत नेकपा माओवादी र संसद सदस्यबाट राजिनामा दिएर मधेस र थारु आन्दोलनलाई समर्थन गर्न दौडामा निस्किएका भट्टराईले थारुहरूले गरिरहेको आन्दोलन जायज रहेकोसमेत वताए । ‘थारुहरूले आन्दोलन गरेका छन् त्यसलाई जायज मान्छु, संविधान संशोधन गरेर माग पुरा गर्नुपर्छ’ उनले भने ‘ढुंगामा लेखिएको अक्षर त होईन संविधान, संशोधन गरेर जनताको माग पुरा गर्नुपर्छ ।’ पहिचानको पाँच आधार र सामाथ्र्यको चार आधार सवैले स्वीकार गरिसकिएकाले हिजोको प्रतिवद्धता संविधान सभाको निर्णय कार्यान्वयन गरिनुपर्ने वताए ।

िरपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा डा. वावुराम भट्टराईले भारतले गरेको नाकावन्दी र आफ्नोपार्टि परित्यागमा कुनै साईनो नरहेको दावी गरे । ‘भारतले नाकावन्दी ग¥यो भन्ने कुरा छ त्यो अन्त्यन्त दुःखद छ, गलत छ, अन्तर्राष्ट्रिय पारवहन सम्वन्धि सन्धीको घोर उल्लंघन छ’ उनले भने, ‘नेपालप्रति चाँही थिचो मिचो छ अन्त्य गरौं भन्ने मान्छेलाई आशंका गर्नु पटकै मनासिव छैन् ।’

प्रतिक्रिया