पाँचथर, १९ असोज । पाँचथरमा लिम्बुवान मोर्चाले संविधानको विरोधमा जनसभा गरेको छ । मंगलबार संविधानविरुद्घ विरोधसभा फिदिम गेटमा मेची राजमार्गमा मञ्च खडा गरी सम्मपन्न गरेको हो ।
भारतको अघोषित नाकाबन्दीका कारण भएको तेल अभावले पातलो यातायातसाधन सञ्चालन भएरहेको सडकमा मञ्च खडा गरिएको थियो ।
लिम्बुवानविनाको संविधानको विरोधमा राजनीतिक विश्लेषक भवानी बरालले सडक ताताएका थिए । तातोघाममा मेची सडक फिदिमबजार सडकमा पाल हालेर लिम्बुवान मोर्चाका र्कायकर्ता भेलाभएका थिए ।
कार्यकर्तालाई सम्बोधन गर्नेक्रममा बरालले बादशाहहरूलाई जसरी ढालिएको थियो त्यसैगरी अहिलेका सत्ताधारीलाई ढालेपछि मात्र लिम्बुवान आउने जनाए ।
अहिले श्री तीनले जारी गरेको संविधान कसैको नभएकाले जलाएको बताए । आमसंचारलाई ध्यानआकर्षण गराउँदै जारी संविधानमा सञ्चारक्षेत्रलाई समेत पूर्ण अधिकार नदिएको र नागरिक हुन नसक्ने भएकाले खबरदारीमा कलम चलाउन उद्घोष गरे ।
संंविधानले धर्मनिरपेक्षता दिन नसक्ने बरालले आरोप लगाए । त्यसैक्रमा मोर्चाका अध्यक्ष तथा संघीयलिम्बुवान पार्टी नेपाललका अध्यक्ष कुमार लिङदेनले ‘लिम्बुवान पहिचान र स्वायत्तताका लागि मधेस आफँै तातो भूभागमा आगो लागेको छ ।
त्यसैगरी लिम्बुवानको लागि पहाडमा पनि हिउँमा आगो सल्कियो भने विश्वको दमकलले आगो निभाउन नसक्ने बताए । लिम्बुवानविनाको संविधान लिम्बुवानीलाई स्वीकार्य नहुने उनले जनाए ।
अरुणपूर्वका नौ जिल्ला पहिचानसहितको संघीयता लिम्बुवान स्वायत्तताका लागि जनसभा भइरहेको उनले जनाए । जबसम्म लिम्बुवान प्राप्ति हँुदैन तबसम्म लडिरहन पार्टीका कार्यकर्तालाई उनले आह्वान गरे । लिङदेनले लिम्बुवानको बन्दमा पाँचथर उद्योग वाणिज्य संघले प्रतिकार गर्न युवालाई उक्सावट गरेको हो । वाणिज्य संघलाई पाँच लिटर तेल अहिले चाहियो खैत ? तेल भन्दै वाणिज्य संघलाई तेल ल्याउन चुनौती दिएका छन् ।
प्रतिक्रिया