पत्रकार महासंघ काभ्रेमा तालाबन्दी

काभ्रे, १८ असोज । क्रियाशील पत्रकार संघर्ष समितिले नेपाल पत्रकार महासंघ, काभ्रे शाखामा तालाबन्दी गरेको छ । विगत आठ बर्षदेखि नेपाल पत्रकार महासंघमा प्रक्रिया पूरा गरी डकुमेन्ट पेस गरेका जिल्लाका क्रियाशील पत्रकारहरूलाई लामो समयसम्म पनि सदस्यता नदिई विभिन्न बहानामा भइरहेको आलटालको विरोध स्वरूप पत्रकार महासंघ काभ्रे शाखामा तालाबन्दी गरेकोे हो । पत्रकारहरूको हकहितको पक्षमा लड्नु पर्ने संस्थाले जिल्लामा लामो समय काम गरिरहेका पत्रकारलाई सदस्यता नदिनु भनेको अलोकतान्त्रिक र तानाशाही प्रवृत्ति हो ।

अरुलाई पाठ पढाउने संस्थाले आफैँ एकपछि अर्को गल्ती गर्दै जानु, भूकम्पमा आएको राहतमा मनपरी गर्नु र पत्रकार महासंघको भवन निर्माणमा निरन्तर ढिलाइ गर्नुले स्वेच्छाचारी प्रवृत्ति देखिएको पत्रकार दिनेश घिमिरेले बताए । पत्रकार महासंघले आयोजना गरेका कतिपय कार्यक्रममा क्रियाशील पत्रकारहरूलाई वाइपास गर्नु जस्ता घोर निन्दनीय हर्कतहरू भइरहेको स्पष्ट छ भन्दै क्रियाशिल पत्रकार संघर्ष समितिका अगुवाई गर्दै आएका दिनेश घिमीरेले भने ‘पत्रकार महासंघको नेतृत्वमा पुग्नका लागि भोट कस्को पक्षमा जान्छ भन्ने तुच्छ र तल्लो स्तरको सोचका कारण क्रियाशिल पत्रकारहरूले सदस्यता नपाएको स्पष्ट छ । त्यसैले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरूलाई सदस्यता नदिएको विरुद्घमा नेपाल पत्रकार महासंघ काभ्रे शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको जनाएका छन् ।

उनले आस्थाका आधारमा सदस्यता दिने परिपाटी तत्काल बन्द गर्दै प्रक्रिया पूरा गरी आएका सम्पूर्ण पत्रकारलाई तत्काल सदस्यता दिनुपर्ने, विगतमा क्रियाशील पत्रकार संघर्ष समितिसंँग गरिएका सहमति पालना गर्नुपर्ने, विगतमा सदस्यता लिएका तर पत्रकारिता पेसामा नरहेका जिल्लाका वकिल, व्यापारीलगायत गैर पत्रकारहरूको सदस्यता अविलम्ब खारेज गर्नुपर्ने, पत्रकार हकहितका लागि विभिन्न निकायहरूबाट दिइने सेवा तथा सुविधा सम्बन्धि सूचना सदस्यता वितरण नवीकरणलगायतका प्रक्रियासम्बन्धी सूचना महिनौँ लुकाउने र समय सकिने बेलामा जानकारी दिने परिपाटी अन्त्य गरियोस् । पत्रकार महासंघको विधान विपरित दिइएका सदस्यताको तत्काल छानबिन गरी खारेजी गरियोस् । भूकम्पपछि पत्रकारका लागि लिएको राहतको दुरूपयोग गर्नेमाथि कारबाही हुनुपर्ने र राहत सामग्री र हिसाब किताब अविलम्ब सार्वजनिक गर्नुपर्ने । उनीहरूले महासंघका पदाधिकारीविरुद्ध हस्ताक्षर अभियान चलाउने, चारदोबाटोमा मुखमा कालो पट्टी बाँधेर प्ले कार्डसहित आधा घण्टा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

प्रतिक्रिया