देउखुरी । देउखुरीमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
भालुबाङगबाट लमही आउँदै गरेको रा २ प ५५२२ नम्बरको मोटरसाइकल लमही– ६ वनगाउँनजिक दुर्घटना हुँदा मोटरसाइलपछाडि बसेका सिसहनिया–७ निवासी ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक गोवरडिहा–७ निवासी ३५ वर्षीय प्रताप विक्रम शाह गम्भीर घाइते छन् ।
घाइते अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिए । अर्का घाइते शाहको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल लगिएको छ । तीव्र गतिमा गुडेको मोटरसाइकलले नियन्त्रण गुमाउँदा राजमार्गदेखि २५ मिटर तल वगईसोतामा खसेको प्रहरीले बताएको छ । (सौस)
प्रतिक्रिया