काठमाडौं । कलाकारहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा एकजुट हुँदै हस्ताक्षर अभियानमा सहभागी भएका छन् ।
सभापति लामिछानेप्रतिको राजनीतिक प्रतिशोधविरुद्ध पार्टीको तेश्रो स्थापना दिवसबाट देशैभरी सुरु गरिएको हस्ताक्षर अभियानमा आज कलाकारहरूले ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कलाकारहरु किरण केसी, रमेश उप्रेती, अशोक शर्मा, खगेन्द्र लामिछाने, राजाराम पौडेल, खेम सेन्चुरी, त्यसैगरी पत्रकार प्रकाश सुवेदी लगायतले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका हुन् ।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा हाल रुपन्देही जिल्ला कारागारमा जेल जीवन बिताइरहेका छन् । उनलाई सरकारले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई दुःख दिइरहेको रास्वपाका नेताहरुले आरोप लगाउँदै आइरहेका छन् ।
प्रतिक्रिया