बन्द थप सशक्त बनाइने

देउखुरी, २० भदौ । सरकारले आपूmहरूको माग सम्बोधन नगरेको भन्दै थरुहट स्वायत्त प्रदेशको माग राख्दै आह्वान गरिएको अनिश्चितकालीन आमहडताललाई सोमबारबाट थप शसक्त बनाइने भएको छ । बन्दलाई २४ घण्टे बनाइएको छ ।अष्टमी पर्वलाई मध्यनजर गर्दै देउखुरीमा शनिबार र आइतबार बन्द खुकुलो बनाइएको थियो ।

थारू कल्याणकारी सभासहितका ६ विभिन्न संघ संगठनले संयुक्त विज्ञप्ति जारी गरी बिहान पाँच बजेदेखि अनिश्चितकालीन आमहडताल जारी राखिएको जनाएका छन् । आमहडतालको क्रममा जिल्लाका सबै बजार, उद्योग कलकारखाना, विद्यालय, यातायात सबै बन्द रहने उल्लेख गरिएको छ ।

थारू कल्याणकारीसभाका तेजमान चौधरी, थरुहट तराई पार्टीका केन्द्रीय उपाध्यक्ष नन्दकुमार चौधरी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोककुमार यादव, सामाजिक लोकतान्त्रिक पार्टी थरुहटका जिल्ला अध्यक्ष तिलबहादुर पुन, तराई मधेस सदभावना पार्टीका जिल्ला उपाध्यक्ष रामपाल यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य ज्योतिकुमार चौधरीले संयुक्त प्रेस विज्ञप्तिमार्फत बन्द जारी रहेको उल्लेख गरेका छन् । गत साउन २७ गतेदेखि पूर्वमा चितवनदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्ला समेटेर एक अलग प्रदेश बनाउन माग गर्दै थारू समुदायका विभिन्न संघ संगठनले बन्द गर्दै आएका छन् । सरकारले माग सम्बोधन नगरेको भन्दै बन्दलाई थप सशक्त बनाउने निर्णय गर्दै आइतबार लमहीमा भएको भेलाले संघीय गठनबन्धन गठन गरेको हो ।

प्रतिक्रिया