ललितपुर । ललितपुर जिल्ला क्रिकेट संघको प्रथम साधारणसभाले नरेश राणाको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जन र सचिव सुजन खतिवडाको आतिथ्यमा निर्वाचन भएको हो । साधारणसभाबाट उपाध्यक्षमा शेखर श्रेष्ठ, सचिवमा प्रशान्त शाक्य, सहसचिवमा राजाराम तण्डुकार र कोषाध्यक्षमा गोविन्द मल्ल निर्वाचित भएका छन् ।
त्यसैगरी सरोजकुमार चित्रकार, किरण श्रेष्ठ, एलिना शाक्य, नारायण मल्ल, सुजन महर्जन, विनय श्रेष्ठ र सुधिर महर्जन रहेका छन् ।
प्रतिक्रिया