काठमाडौं, १० भदौ । हिंसापछि पनि टीकापुर नआएको भन्दै गृहमन्त्रीको आलोचना हुन थालेपछि उनी टिकापुर पुगेका छन् । टिकापुर घटनाभएको तीन दिनपछि गृहमन्त्री बामदेव गौतम जिल्लाको अवस्था बुझ्न कैलालीको टीकापुर पुगेका हुन् । बिहीबार टीकापुर पुगेका गृहमन्त्री गौतमले स्थानीय प्रशासन र प्रहरी अधिकारीहरुबाट घटनाबारे जानकारी लिनेछन् ।
आयोगको टोली पनि टीकापुरमा
राष्ट्रिय मानव अधिकार आयोगको टोली टीकापुर पुगेर घटनाको अनुगमन र अनुसन्धान सुरु गरिसकेको छ । आयोगले घटनास्थल, प्रहरी, अस्पताललाई अनुगमनको दायरामा लिएको बताइएको छ । आयोजले आज (बिहीबारै) नागरिक समाजसँग अन्तरक्रिर्या गर्ने कार्यक्रम राखेको छ ।
हिंसात्मक झडपपछि स्थानीय प्रशासनले टीकापुर र सदरमुकाम धनगढीलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कर्फ्यूसमेत लगाएपछि आन्दोलनकारी सडकमा देखिएका छैनन् । सडकहरु सुनसान भए पनि स्थानीय अझै पनि त्रासमा छन् । सडकमा फाट्ट फुट्ट मात्रै मानिसको हडिकुल देखिएको आयोजका एक सदस्यले बताए ।
प्रतिक्रिया