काठमाडौं । ‘वाइयात लभ बोल’को गीत सार्वजनिक सार्वजनिक भएको छ । असोज १ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म वडा नम्बर ६ को उक्त गीत सार्वजनिक गरिएको हो । हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतिमा बनेको फिल्ममा निर्मल शर्मा कार्यकारी निर्माता छन् । निर्देशक उज्जवल घिमिरे पोखरातर्फ लागेकाले कार्यक्रममा उपस्थित नभएको दीपकले जानकारी गराए ।
कार्यक्रममा पत्रकारसँग रमाइलो खेल पनि खेर्लिएको थियो । सो क्रममा पेन ड्राइभ र मोबाइल गिफ्ट दिइएको थियो । कलाकार दीपकराजले ‘केही फरक गरौँ’ भनेर खेल खेलाएको बताए ।
चलचित्रका मुख्य कलाकारहरू जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरे यसका निर्माता पनि हुन् । उनीहरूले थोरै लगानी गरेर पनि निर्माता बन्न पाइएको भन्दै रमाइलो गरेका थिए । कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, अभिनेता दयाहाङ राई पनि उपस्थित थिए । उनीहरूले टेलिभिजिनमा देखिएका कलाकारको टिमसँग काम गर्न पाउँदा ‘रमाइलो भएको’ भन्दै चलचित्र राम्रो बनेको बताए ।
यो फिल्मलाई एफडी कम्पनीले काठमाडौं बाहिरका लागि मिनिमम ग्यारेन्टी पनि दिइसकेको छ । चलचित्र ‘वडा– ६’ अघिल्लो चलचित्र ‘६ एकान ६’ को जस्तो कमेडी मात्र भएर कथावस्तुलाई भिन्न तबरले पस्किएको निर्माता तथा कलाकार दीपकराज गिरीले बताए । (सौस)
प्रतिक्रिया