स्टन्ट सिनजस्तै रमाइलो

nudeलसएन्जलस । जर्मनीमा जुन २१ बाट रिलिज सुरु गरिएको ‘टर्मिनेटर जेनेसिस’ अभिनेत्री एमिलिया क्लार्कले ‘न्युड सिन’ (निर्वस्त्र दृश्य) दिनु एकदम रमाइलो भएको बताएकी छन् । एमिलियाको नजरमा न्युड सिन दिनु कुनै एक्सन स्टन्ट पूरा गरेबराबर हो । चलचित्रका अभिनेता हलिउड सुपरस्टार आर्नोल्ड स्वार्जनेगरको अनुभवमा चाहिँ न्युड सिन दिनु लाजमर्दो भए पनि रोमाञ्चक रह्यो । उनले भनेका छन्, ‘म यो दृश्य छायांकन गर्दा एकदमै डराएको थिएँ तर मैले यसको भरपुर फाइदा पनि उठाएँ ।’
यी दुवै कलाकारले एक अनलाइनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘न्युड सिन दिँदा लाज लाग्छ तर यो एकदमै आनन्ददायी पनि हुन्छ ।’ आर्नोल्डले भनेका छन्, ‘यस्तो दृश्य जुरुरी हुन्छ र तपाईंले सबै गर्नैपर्दछ किन भने चलचित्रको कथाले यस्तो मागेको हुन्छ । कहिले काहीँ तपाईं बच्नु पनि हुन्छ र कहिले काहीँ फस्नु पनि हुन्छ ।’ एमिलियाले भनेकी छन्, ‘मैले केही लुकाउने कोशिस गरेकी छु तर चलचित्रका लागि कपडा खोल्नु स्टन्ट गरेजस्तै हो र यो रमाइलो पनि हुन्छ ।’
टर्मिनेटर जेनेसिस टर्मिनेटर शृंखलाको पाँचाँै चलचित्र हो । चलचित्रमा एमिलिया क्लार्क, जेसन क्लार्क र जय कार्टनीलगायतले अभिनय गरेका छन् । यो चलचित्र स्काइडान्स प्रोडक्सनले निर्माण गरेको हो । (एजेन्सी)

प्रतिक्रिया