अभिरल र तनिसा लिटिल प्रिन्स एन्ड प्रिन्सेस् नेपाल

Winnerकाठमाडौं । वर्षको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस् नेपाल २०१५’को उपाधि अभिरल जोशी र तनिसा आर पोखरेलले जितेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा २७ जना बालबालिकाले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा साहिल राजथला र फ्लोरा थापा मगरले फस्ट रनरअपको उपाधि जित्दा इशाक खड्गी र रेनुका भट्ट सेकेन्ड रनर अप बने । प्रतियोगिताको कोरियोग्राफी राज पैmजूले गरेका थिए । उपाधिसँगै छ जनालाई आयोजक संस्थाकी अध्यक्ष रुस्का वैद्य श्रेष्ठले विभिन्न उपहारहरू प्रदान गरेकी थिइन् ।
प्रतियोगितामा अभनी शाहले इंग्लिस हेन्डराइटिङमा, प्रेरणा सापकोटाले नेपाली हेन्डराइटिङमा, मानसी रावतले एटिक्ङमा अवार्ड हात पारेका थिए । त्यस्तै, साइ थापाले एङकरिङमा, भूमिका भुजेलले वेस्ट स्पोर्टस प्लेयरमा, दिया रिजालले डान्सिङमा अवार्ड जित्दा अञ्जली लोप्चनले ब्युटिफुल हेयर, सदिक्षा बेलबासीले ब्युटिफुल कम्पेक्सन, क्रिनु कासिछवाले वेस्ट स्माइल, इसाक खड्गीले इनरजेटिक, अन्जिसा भट्टराईले वेस्ट डे«स, आयश्री रोकायाले डिसिप्लेन, आयुसा भण्डारीले पर्सनालिटी, साहिल राजथलाले फ्रेन्डसिप, लजना शाक्यले वेस्ट वाक, तनिसा आर पोखरेलले फोटोजेनीक, फ्लोरा थापा मगरले ट्यालेन्ट, गरिमा जोशीले पंचुआलिटी, प्रिसा थापाले क्युट, अभिरल जोशीले इन्टरटेनर विधाको अवार्ड पोल्टामा पारे ।
त्यस्तै, आयुषा भट्टराईले वेस्ट आर्टिस्ट, स्मृति फुयालले इन्टेलेक्च्युल, कृतिका पाण्डेले ब्युटिफुल आइज, सृष्टि कवानले रेगुलर एटेन्डेन्स, ओजस्वी जोशीले चार्मिङ, रेनुका भट्टले परफमेन्स, इस्ता देवकोटाले सिन्सीयर अर्वाड जितिन् । प्राडा. राज्यश्री श्रेष्ठ प्रमुख अतिथि रहेको प्रतियोगिताको निर्णायकमा फोटोग्राफर शिवलाल श्रेष्ठ, पूर्वमिस नेपाल उषा खड्गी, नायिका दिया मास्के, काभ्रे जेसिसका अध्यक्ष रुबिना मकाई श्रेष्ठ, पत्रकार मधु शाही, कोरीयोग्राफर गम्भीर विस्ट, मोडल वर्षा राउत, गायिका श्रेयाशी चेम्जोङ, आकांक्षा बस्याल थिए । (सौस)

प्रतिक्रिया