लसएन्जल्स । हलिउड अभिनेता एलेक बाल्डविनकी पत्नी हिलेरियाले आमा बनेको दुई हप्ता बित्न नपाउँदै आफ्नो फिटनेसको प्रदर्शन गरेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३१ वर्षीया हिलेरियाले इन्स्टाग्राममा विभिन्न योग आशनका तस्बिर राखेकी थिइन् ।
एक तस्बिरमा हिलेरियालाई एक पुलको पैदल पथमा शीर्षासन गरिरहेकी छन् । आफँ योग प्रशिक्षकसमेत रहेकी उनले कालो टुपिस बिकिनी लगाएकी छन् । ‘मेरा लागि यो गर्वको कुरा हो कि बच्चालाई जन्म दिएको दुई सातामै शीर्षासन योग गर्न योग्य बनेकी छु, आमा बनेपछि यो मेरो पहिलो शीर्षासन हो, मलाई पुलमा यस किसिमको योग गर्न कुनै डर लागेन ।’ उनले फोटोमा लेखेकी छन् । हिलेरिया २२ महिनाकी छोरी कैरमेन र दुई साताअघि जन्मिएका छोरा रफेल थोमसकी आमा हुन् । (एजेन्सी)
प्रतिक्रिया