असल बानी

roshan-kumar-singसबै साथी मिलिजुली गर्नुपर्छ काम ।

काम गरी संसारमा कमाउनु छ नाम ।।

कुशल मानिस बन्न परिश्रम गर्नुपर्छ ।
श्रम गरी संसारमा इज्जत बढाउनुपर्छ ।।

जीवनमा खुसी हुन मद्दत गर्नुपर्छ ।
शिक्षा लिन गुरुको नै आवश्यकता पर्छ ।।

अनुशासन हुने गर्छ विद्यार्थीको गहना ।
नियमित हामी सबले गर्नुपर्छ पालना ।।

अज्ञानीलाई शिक्षा दिई बनाउनुपर्छ ज्ञानी ।
अनि मात्रै सुध्रिन्छ हैसबको दुष्ट बानी ।।

भिखारीलाई खुसी भई दिनुपर्छ दान ।
अनि मात्रै हुनसक्छ आफूलाई नि मान ।।

असल पथमा हामी लागी स्वस्थ हुनुपर्छ ।
लगनशील भई विधि पूरा गर्नुपर्छ ।।

संसारको अग्लो हिमाल रहेको छ देशमा ।
बुद्धजस्तै शान्ति छ है नेपालीको मनमा ।।

सबैलाई माया गरौँ घृणा गर्नुहुन्न ।
हामी सधैँ सत्य बोलौँ झूटो बोल्नु हुन्न ।।

शिक्षा दिने गुरुलाई कदर गर्नुपर्छ ।
जन्म दिने आमालाई ढोग गर्नुपर्छ ।।

सज्जनसँग संगत गर्न असल हुनुपर्छ ।
कर्म दिने बाबालाई आदर गर्नुपर्छ ।।

(सत्य साई शिक्षा सदन, कक्षा–५,
टोखा, काठमाडौं)

प्रतिक्रिया