निर्णायक बन्न डराउँछिन् आलिया

aliya-aaमुम्बई । बलिउड अभिनेत्री आलिया भट्टलाई एक दर्शकको रूपमा रियालिटी सोका कार्यक्रम हेर्न मनपर्छ र उनलाई ती कार्यक्रमको निर्णायक बन्न निकै डर पनि लाग्दो रहेछ ।
‘मलाई लाग्छ कि म अहिले नै कुनै कार्यक्रमको निर्णायक बन्न सक्दिनँ, किनकि म अहिले निकै सानी नै छु, म अहिले सिकिरहेकी छु, म सोको जज गर्न सक्दिनँ तर रचनात्मक विषयलाई लिएर गायन र संगीतका कार्यक्रममा सहभागीचाहिँ हुन्छु,’ उनले भनेकी छन्,‘म सही समय आएपछि जज बन्नेछु, जुन बेला म फिल्मको काम गर्दिनँ र त्यो बेला मसँग समय हुनेछ । हुनसक्छ त्यो बेला म आफँ पनि रियालिटी सो चलाउनेछु ।’
भारतीय सञ्चारमाध्यमका अनुसार एक मनोरञ्जन च्यानलमा आलिया फिल्म निर्माता करण जोहारका साथ को– क्युरेटरका रूपमा देखिँदै छिन् । आलियाले आपूmले भविष्यमा ‘बिग बोस’ जस्तै कार्यक्रम चलाउन लागेको खुलाइन् । ‘म बिग बोसजस्तै कार्यक्रम गर्न रुचाउँछु, त्यसकारण यो श्रेणीको कार्यक्रम कलर्स इनफिनिटीका साथ गर्न चाहन्छु ।’ उनले भनेकी छन् । (एजेन्सी)

प्रतिक्रिया