आर्मीको कठिन जित

काठमाडौं, ७ वैशाख । अतिरिक्त समय सकिन सात मिनेट बाँकी रहँदा नवयुग श्रेष्ठले गोल गरेपछि नेपाल आर्मी क्लब बि्रटिस गोर्खाकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको ११३ औं मिनेटमा गोल गरेपछि इलामे खेलाडी श्रेष्ठले ‘ए’ डिभिजनको नवप्रवेशी मध्यपुरलाई स्तब्ध पारेका हुन् । श्रेष्ठ नै म्यान अफ द म्याच भए ।
केही दिनअघि हिमालयन ब्रुअरीसँग प्रायोजन सम्झौता गरेर हौसिएको मध्यपुरविरुद्ध सुरुआती ६ मिनेटमै आर्मी क्लबले दुईवटा मुभ बनाएको थियो । तेस्रो मिनेटमा टंक बस्नेतले नजिकैको दूरीबाट प्रहार गरेको बल विकास कुथूले मुस्किलले बचाए भने छैटौं मिनेटमा नवयुगले नजिकैबाट प्रहार गरेको बल गोलपोस्टको छेउबाट बाहिरियो ।
आर्मीको आक्रमण त्यत्तिमै भने रोकिएन । १४औं मिनेटमा टेकबहादुर बुढाथोकीले आकर्षक क्रस गरे पनि मध्यपुरका गोलरक्षक विकास कुथूले आर्मीका खेलाडीले भेट्नुअगावै नियन्त्रणमा लिए । मध्यपुरको आक्रमण सम्हालेका भेट्रान खेलाडी निराजन रायमाझी र राजकुमार घिसिङ प्रभावी भएनन् ।
‘ए’ डिभिजनमा प्रवेश गर्ने नेपालको पहिलो एकडेमी मध्यपुरले दोस्रो हाफमा लयमा रहँदै केही आकर्षक मुभ बनाएको थियो । मध्यपुर लयमा रहे पनि गत सत्र एनआरटीलाई राष्ट्रिय लिगमा प्रवेश गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका जितेन्द्र कार्कीले आर्मीको रक्षापंक्तिलाई राम्रोसँग सहयोग गरेका थिए । यसै सत्र मध्यपुरमा आबद्ध मच्छिन्द्रका पूर्वमिडफिल्डर नरेश पोखरेल पनि उत्तिकै प्रभावी थिए ।
अन्तिम समयमा विपक्षीमाथि हाबी हुने गरेको आर्मी मध्यपुरसँगको खेलमा पनि त्यत्तिकै प्रभावकारी रहयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि तेज गतिमा खेल्ने गरेका हरि महतो ९३औं मिनेटमा मैदान प्रवेश गरेका थिए । ९८आंै मिनेटमा आर्मी क्लबका प्रभावकारी मिडफिल्डर तथा नेपालकै उत्कृष्ट ‘होल्डिङ मिडफिल्डर’ राजु तामाङलाई फल प्रहार गरिएपछि आर्मी क्लबले पि|mकिकको अवसर पाए पनि जितेन्द्र कार्कीले सिधै गोलरक्षकको हातमा बल थमाउन पुगे ।

प्रतिक्रिया