रसुवा, ३० जेठ । रसुवा जिल्ला अस्पतालमा पहिलो पटक शल्यक्रिया सुरु भएको छ ।
भूकम्पपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा नेपाल, हङ्कङ, फिलिपिन्स र क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित रसुवा जिल्ला अस्पतालभित्र एपेन्डिसाइटिस, पत्थरीका साथै बच्चा पैदा गराउन पेटको शल्यक्रिया सुरु भइसकेको छ ।
पहिलो चरणमा यस्ता शल्यक्रिया १५ वटा भइसकेको वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताए ।
प्रमुख अगुवाइ क्यानडाको रेडक्रसले गरिरहेको जिल्ला अस्पतालको उपचार सेवामा प्रसूति तथा स्त्री, सर्जन, मेडिसियन, मनोचिकित्सा र मेडिकल अधिकृत अस्पतालमा क्रियाशील छन् ।
एउटा शल्यक्रिया गर्न एम्बुलेन्सबाट काठमाडौँ जानुपर्ने बाध्यता भएको र भूकम्पले अस्पतालसमेत भत्काएको अवस्थामा दाताहरुले टेन्टद्वारा सुविधा सम्पन्न ३० श्ययाको अस्थायी अस्पताल निर्माण गरी दिइरहेको सेवाले रसुवावासीमाझ उत्साह बढेको र यो सेवालाई निरन्तरता दिन आग्रह गरिएको रसुवा नागरिक समाजका सचिव लामा रेन्जेन घलेले बताए ।
प्रतिक्रिया