काठमाडौं । युवा पत्रकार अर्जुन केआरले निर्देशन गरेको ‘बुद्धका आँखा हेर शालिन छन् अझै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पत्रकार मधु शाहीको शब्द, ज्योति प्रकाशको संगीत तथा ज्योति प्रकाश र जुना प्रसाईंको स्वर रहेको गीति भिडियो नेपालका पहिलो म्युजिक भिडियो निर्देशक शम्भुजित बास्कोटाले सार्वजनिक गरेका हुन् ।
राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ संगीतकार बास्कोटाले सार्वजनिक गरेका हुन् । भिडियोमा दीपकराज गिरी दीपाश्री निरौला, निर्मल शर्मा (गैँडा), जितु नेपाल (मुन्द्रे), झरना थापा, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेका छन् ।
निर्देशक केआरका अनुसार भिडियोले नवनिर्माणको बेलामा सबै जुट्ने बेला आएको छ भन्ने सन्देश दिएको छ । प्रमुख अतिथि बास्कोटाले भूकम्पपछि आएको विपत्को भिडियोमध्ये आफूलाई उक्त भिडियो उत्कृष्ट लागेको बताए । त्यस्तै दीपाश्री निरौलाले पनि युवा टिमसँग भिडियोमा काम गर्दा आफूलाई रमाइलो लागेको प्रतिक्रिया दिइन् । (सौस)
प्रतिक्रिया