रातो घरको फस्टलुक

Rato-Gharकाठमाडौं । ‘तक्मे बूढा’का रूपमा चर्चित बनेका हास्यकलाकार विल्सनविक्रम राईले पहिलोपटक निर्माण गरेको फिल्म ‘रातो घर’को फस्टलुक सार्वजनिक भएको छ । चर्चित निर्देशक सुरज सुब्बा ‘नाल्बो’सँग निर्माणमा सहकार्य गर्दै राईले बनाएको फिल्मको पहिलो रूप सार्वजनिक भएको हो ।

माङ हिम फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता निकेश लिम्बू हुन् । मेन्छा रुम्दालीले तयार पारेको कथामा बनेको फिल्मको पटकथा तथा निर्देशन नाल्बोले नै गरेका हुन् । विल्सनसँगै संयम पुरी, गौरव पहरी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, भानु प्रताप, उपासना नेम्बाङ र श्याम राईले अभिनय गरेको फिल्ममा विपिन मल्लको सम्पादन, महेश खड्का र डम्बर नेपालीको शब्द–संगीत, शशी रावलको स्वर, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व र हरी घले लामाको छायांकन छ ।
कमेडी र थ्रिलर जनराको फिल्मको आगामी जुलाई २५ मा युकेको अल्डरसटस्थित प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर हुँदै छ । निर्माता विल्सनका अनुसार फिल्मले लागुपदार्थविरुद्ध ‘सर्ट मुभी’ प्रतियोगितासमेत आयोजना गर्दैछ जसको संयोजक चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय छन् । प्रतियोगितामा पहिलो हुने फिल्मले एक लाख रुपैयाँ राशीको पुरस्कार पाउनेछ । यो फिल्मको नेपाल रिलिज मिति सार्वजनिक गरिएको छैन । (सौस)

प्रतिक्रिया