काठमाडौं । भूकम्पको त्रासका कारण विद्यार्थी विद्यालयमा प्रवेश गर्न नसकिइरहेका अवस्थामा भक्तपुरको ठिमीस्थित विनायक शिक्षा निकेतनका विद्यार्थी भने आइतबार कक्षा कोठामा पसे । उनीहरू कक्षामा निर्धक्क बसेका थिए ।
उनीहरू त्यहाँ बस्नुको कारण थियो, रंगकर्मी विजय बिस्फोटको नाट्य थेरापी । शनिबार मात्र विजयले उनीहरूलाई नाट्य थेरापी दिएका थिए । नाट्य थेरापीको क्रममा सबैजनालाई रंगकर्मी विस्फोटले गोलाकार बनाएर उभ्याए । यसपछि उनले विद्यार्थीसँग परिचय गरे । भूकम्पको त्रासका कारण केही विद्यार्थीले आफ्नो नाम ठूलो स्वरमा भन्न सकेनन् । केहीले ठूलो स्वरमा भने । केहीचाहिँ त्रसित देखिएनन् । नाट्य थेरापीको क्रममा उनले विद्यार्थीको मनोविज्ञान हेरेर उनीहरूलाई तीन समूहमा विभाजन गरे । भूकम्पबाट अति त्रसित नभएको, सामान्य त्रसित भएको र भूकम्पको डर नरहेको गरी विद्यार्थीलाई तीन समूहमा विभाजन गरेर सोही अनुसारको थेरापी उनले दिए ।
विस्फोटले पुन सबैलाई विभिन्न रङका सिठ्ठी दिए । सबै विद्यार्थीले एकैचोटि सिठ्ठी फुके । सो सिठ्ठीको सामूहिक आवाज निकै चर्को आयो । त्यसलाई नाट्यकर्मी विस्फोटले पराकम्पनको उपमा थिए । उनले फेरि सबैलाई फुटबल दिए । विद्यार्थीहरू फुटबल खेल्न थाले । फुटबल खेल्दा आपूmलाई सुरक्षित राख्न एक अर्काबाट छलिनुप¥यो । अनि, गोल पोस्टमा पस्यो । भूकम्प आउँदा आपूmलाई यसरी नै विभिन्न संरचनालाई छलेर गोल पोस्टमा पसेझैँ आफूलाई सुरक्षित स्थानमा पु¥याउने ज्ञान दिए ।
विस्फोटले त्यसपछि अभिनय गराए । अरू विभिन्न खेल खेलाए । भूकम्प बनाएर आएको पात्रले विद्यार्थीलाई तर्साएको तर आपूmहरू सुरक्षित ठाउँ खुला चौरमा बसेका कारण भूकम्पसँग नडराएको अभिनय पनि गराए । यतिबेला सबै विद्यार्थी डरमुक्त देखिए । उनीहरू मन खोलेर हाँसेका पनि देखिए ।
भूकम्पपछि त्रासका कारण अझै आफ्नो घरभित्र बस्न र विद्यालयमा छिर्न डराएका विद्यार्थीले अब आपूmहरू सुरक्षित रूपमा घर र विद्यालय पस्ने बताए । रंगकर्मी जेबी डिसीका साथ नाट्यकमी विजय विस्फोट ‘नाट्य थेरापी’ले उनीहरूमा आत्मविश्वास बढाएको देख्न पाइयो । विद्यार्थीले यी दुई कलाकारसँग नाटक पनि खेले । नेपाल ना्टय संगीत प्रज्ञा प्रतिष्ठानको सहयोगमा रंगकर्मी विस्फोटले नै काठमाडौंको बुढानिलकण्ठस्थित जन उद्धार माविमा पनि शुक्रबार यस्तो नाट्य थेरापी आयोजना गरे । सो नाट्य थेरापीबाट त्यहाँका विद्यार्थीले आपूmहरूमा डर, त्रास केही कम भएको बताए । उनीहरू पनि विस्फोटको खेला र नाटकमा रमाए । नाटकको पात्रको रूपमा उनीहरूले भरपुर मनोरञ्जन लिए ।
नाट्य थेरापीलाई आफूले काठमाडौंका विभिन्न विद्यालयमा निरन्तता दिने योजना रंगकर्मी विस्फोटले सुनाए । नाट्य थेरापीमा भूकम्पको पीडा बिर्सेर विद्यार्थी हाँसेको दृश्यले आफूलाई निकै सन्तुष्ट मिलेको उनले बताए । भूकम्पपछि बालबालिकामा त्रास भगाउन र उनीहरूलाई आफ्नो घर तथा विद्यालयमा फर्कने वातावरण बनाउन कार्यक्रम गरिएको प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाले बताए । उनले पनि विद्यार्थीसँग भेटघाट गरेर उनीहरूको आत्मविश्वास बलियो बनाउन प्रेरित गरे । (सौस)
प्रतिक्रिया