मारियालाई अमेरिकन आइडल झुर

Mariahलसएन्जल्स ।अमेरिकी गायिका मारिया केरीले अमेरिकी टेलिभिजन रियालिटी शो ‘अमेरिकी आइडल’ आफ्नो जीवनकै सबैभन्दा झुर बनेको बताएकी छन् । शोको १५ औँ संस्करणमा फेरि फर्कन चाहेको चर्चा चलिरहँदा केरीले उक्त कुराको खन्डन गर्दै आफू शोमा फर्कन नसक्ने जनाएकी छन् ।
‘म फेरि त्यहाँ फर्कन चाहदिनँ, तर म यो भन्न सक्छु कि शोमा रहँदाको समयमा हामीलाई राम्रो अनुभव मिलोस् भन्ने चाहना निर्माताले राख्दैनन्,’ उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भनेकी छन् । मारियाले शोको १२ औँ संस्करणमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । तर, उनको कुरा अर्को सहयोगी निर्णायक गायिका निकी मिजाजसँग नमिलेपछि माहौल निकै तनावपूर्ण हुने गर्दथ्यो ।
मारियाले अमेरिकी आइडल शोमा निर्णायकको भूमिका निभाएको समय निकै उतारचढावपूर्ण भएको खुलाएकी छन् । ‘त्यो निकै उतारचढावपूर्ण र फर्जी थियो, मलाई जो कोहीका बारेमा राय दिनका लागि बनावटी कुरा गर्नु पर्दथ्यो, तर केही मान्छेको प्रस्तुती निकै राम्रो थियो,’ उनले भनेकी छन् । (एजेन्सी)

प्रतिक्रिया