शक्तिशाली टेलर

Taylorलसएन्जल्स । हलिउड गायिका टेलर स्विफ्ट पहिलोपटक फोर्बस पत्रिकाले निकालेको शक्तिशाली महिलाको सूचीमा ६५औँ स्थानमा परेकी छन् । आफ्नो करियरको उपलब्धि र सेवा कार्यको कारण उनी पहिलोपटक यो सूचीमा परेकी हुन् ।
फिमेलफस्र्ट डट को डट युकेको रिर्पोटअनुसार जर्मन चान्सलर एञ्जेला मर्केल पाँचौँपटक शीर्ष स्थानमा परेकी छन् । गायिका टेलरलाई कयौँ कारण सूचीमा राखिएको छ । अनलाइन स्ट्रिमिङ सेवा स्पाटफाईबाट हटाउने पैmसलाले पनि टेलरलाई सूचीमा पर्न मद्दत मिलेको जनाइएको छ । जसकारण उनको नयाँ एल्बम ‘१९८९’ बिलबोर्ड दुई सयमा पहिलो सप्ताहमा सबैभन्दा बढी बिक्ने एल्बम बन्यो । यो बाहेक सामाजिक सञ्जालमा उनको प्रभावलाई पनि अर्को कारण मानिएको छ । ट्विटरमा उनलाई फलो गर्नेको संख्या पाँच दशमलव आठ करोड छन् ।
टेलर न्युर्योक पर्यटन बोर्डकी प्रवक्ता पनि हुन् र उनी आफ्नो ‘वेलकम टु न्युर्योक’ गीतबाट प्राप्त सम्पूर्ण आम्दानी त्यहाँको सार्वजनिक विद्यालयलाई दान दिइरहेकी छन् । उनले त्यहाँको शिक्षा मन्त्रालयलाई गत फेब्रुअरीमा ५० हजार डलर दिएकी थिइन् ।
सूचीमा सोफिया बर्गरा ५७औँ स्थानमा छिन्, जो टेलिभिजनमा सर्वाधिक कमाई गर्ने महिला हुन् । त्यस्तै हलिउड सुन्दरी अभिनेत्री एञ्जेलिना जोली ५४औँ स्थानमा छिन् । सूचीको दोस्रो स्थानमा अमेरिकी राष्ट्रपति पदकी दाबेदार हिलारी क्लिन्टन, तेस्रो स्थानमा बिल एन्ड मेलिन्डा ग्रेटस फाउन्डेसनकी सहअध्यक्ष मेलिन्डा गेट्स र चौथो स्थानमा अमेरिकी संघीय रिजर्व प्रमुख जेनेट येलेन छिन् ।
त्यसैगरी बेलायती महारानी एलिजावेथ द्वितीया ४१औँ स्थानमा छिन् । एलिजावेथ पनि पहिलोपटक सूचीमा परेकी हुन् ।(एजेन्सी)

प्रतिक्रिया