टोकियोमा भूकम्प कम्पनको महसुस

tokyo Japanटोकियो, ११ जेठ । सोमबार जापानको राजधानी टोकियोमा शक्तिशाली भूकम्पको महसुस गरिएको छ ।

भूकम्प ५.६ रिक्टर स्केलको मापन गरिएको जापानिज मौसमविज्ञानसम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार भने सो भूकम्प ५.३ रिक्टर स्केलको मात्र रहेको छ ।

यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पबाट हालसम्म आणविक केन्द्रलगायत मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रबिन्दु राजधानी टोकियोदेखि उत्तरमा साइतामा प्रान्तको उत्तरी भागमा रहेको जनाइएको छ ।

जापानमा सन् २०११ मा आएको ९.० रिक्टर स्केलको भीषण भूकम्पपछिको सुनामीमा परी १८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । भूकम्पबाट हजाराँै घर ध्वस्त भएका थिए ।

प्रतिक्रिया