शंकरले ल्याउँदै सान्नानी

shankarकाठमाडौं । भूकम्पको धक्का कम हुँदै गएपछि कलाकारले आफ्नो नियमित काम सुरु गरेका छन् । महाभूकम्प जानुअघि सुरु गरिएका गीत रेर्कडिङका कामसमेत शुक्रबारदेखि सूचारु भएको छ । यस्तै, गीतकार शंकर कँडेलले पनि आफ्नो दोस्रो एल्बम ‘सान्नानी’ को रेकर्डिङ सुरु गरेका छन् । उनले १२ वैशाखअघि नै एल्बमको गीत रेकर्डिङ सुरु गरेका थिए तर विनाशकारी भूकम्पपछि काम रोकिएको थियो । ‘एल्बमको केही गीत मात्र रेकर्डिङ गर्न बाँकी छ,’ उनले भने, ‘भूकम्प नआएको भए दुई साताअघि नै सकिन्थ्यो ।’
यसअघि ‘चाहेर मात्र’ नामक एल्बम निकालेर सांगीतिक क्षेत्रमा गीतकारका रूपमा चिनिएका रूपन्देहीका शंकरले ‘सान्नानी’ केही सातामै सार्वजनिक गर्ने बताए । पहिलो एल्बम ‘चाहेर मात्र’ को शीर्षगीतमार्फत चर्चामा आएका उनले आफ्नो दोस्रो एल्बम ‘सान्नानी’ मा ६ वटा गीत रहने बताए । एल्बममा वसन्त सापकोटा, चिरञ्जीवी भण्डारी, हितान शुत्र र अनुप रेग्मीको संगीत छ । एल्बममा सान्नानी, सम्झेर फेरि, कम भन्छु, यो मौसम जस्ता बोलका गीत छन्, जसमा शिव परियार, चिरञ्जीवी भण्डारी, प्रमोद खरेललगायत गायक÷गायिकाको स्वर सुन्न सकिनेछ । (सौस)

प्रतिक्रिया