अपार्टमेन्टबाट निकालिइन् सनी

Sunny-aमुम्बई । यहाँको एक अपार्टमेन्टमा बस्दै आएकी इन्डो क्यानेडियन पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन र उनका पति डेनियल बेबरलाई उक्त अपार्टमेन्टबाट निकालिएको छ । अपार्टमेन्टकी मालिक अभिनेत्री सेलिना जेटलीको आदेशमा उनीहरूलाई त्यहाँबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचारअनुसार सनी र उनका श्रीमान्ले आपू बसेको फ्ल्याटमा अव्यवस्थित किसिमले सामान राखेका थिए । यसलाई नजिकबाट देखेकी सेलिनालाई रिस उठेपछि उनले सनी र डेनियललाई अपार्टमेन्ट तुरुन्त खाली गरिदिन आदेश दिएकी थिइन् ।
उनीहरूले यो समाचारलाई ‘बकवास’ बताए पनि स्रोतले भने उनीहरू अहिले एक होटलमा आश्रय लिइरहेको जनाइएको छ । उनीहरूले आफूहरू एक वर्षअघि नै सेलिनाको अपार्टमेन्ट छोडेर जुहुमा बस्दै आएको दाबी गरेका छन् । सनीले मुम्बईमै आफँ एक फ्ल्याट खरिद गर्न खोजे पनि उनको पोर्न स्टार छविका कारण कसैले पनि उनलाई फ्ल्याट दिएका थिएनन् । (एजेन्सी)

प्रतिक्रिया