पल्लवीले दिइन् एक लाख

Pallabiकाठमाडौं । कलाकार पल्लवी भट्टले राजधानीनजिकैको काठमाडौंछेउको तारकेश्वर नगरपालिकास्थित साङ्ले गाविसमा भूकम्पबाट ज्यान गुमाउने १९ व्यक्तिका १५ परिवारलाई भेटी एक लाख रुपैयाँ सहयोग गरेकी छन् ।
उनका अनुसार उक्त गाविसका १, २ र ३ वडाका १५ परिवारलाई भेटी प्रत्येक परिवारलाई पाँच हजारदेखि सात हजार रुपैयाँसम्म सहयोग गरेकी हुन् । हाल व्यक्तिगत कामका लागि नेपाल आएको बताउने पल्लवीले अब सिंगापुरबाट राहत सामग्री ल्याएर पीडितलाई वितरण गर्ने जनाइन् ।
६ महिनाअघि नेपाल आउँदा फिल्म ‘अलबिदा’ मा आइटम नृत्य गरेकी पल्लवीले भूकम्प प्रभावितहरूले आफ्नो आवश्यकताअनुसारका सामान किन्न सक्ने भएकाले नगद दिएको उनले जानकारी गराइन् । (सौस)

प्रतिक्रिया