काठमाडौं । गत वैशाख १२ अघि हलिउड नायिका मिसेल यो पर्यटकका रूपमा नेपाल आएकी थिइन् । नेपालमा रहँदा नै महाभूकम्पलाई नजिकबाट देखेपछि ओस्कार विजेता फिल्म ‘क्राउचिङ टाइगर, हिड्न ड्रागन’ र जेम्स बोन्डको फिल्म ‘टुमरो नेभर डाइज’ अभिनेत्री उनी अहिले च्यारिटी अभियानमा व्यस्त छिन् ।
‘यो एक महिना या एक वर्षको काम होइन, मानिसको चाहनालाई सहयोग गर्न यसले धेरै वर्ष लिनेछ, म त्यसका लागि तयार छु,’ मलेसियामा जन्मिएकी मिसेलले भनिन्, ‘यो हिमाली देशमा अब वर्षाको सुरुवात हुँदैछ र हिउँदयाम पनि आउनेछ, तर समय निकै छोटो समयका लागि दौडिइरहेको छ । त्यसकारण पनि धेरै कुरालाई चाँडो सक्ने काममा ध्यान दिनुपर्नेछ ।’ मिसेल ‘लिभ टु लभ’ फाउन्डेसनकी ब्राड एम्बेस्डर पनि हुन् ।
मिचेलले दुई दिनअघि भूकम्प प्रभावित काठमाडौंनजिकैका बस्तीमा पुगेर आफ्नो संस्थाले गरेको कामको अनुगमन गरेकी थिइन् । उनी बौद्ध नेता ग्यालवाङ डुक्पाका साथ ती स्थानमा गएकी हुन् । ‘मैले धेरै बच्चामा तुरुन्त स्वास्थ्य सचेतताको खाँचो रहेको देखेँ, त्यसकारण हामीले भूकम्पका कारण त्रसित बनेका उनीहरूका आमाको पुनस्र्थापनामा ध्यान दिनुपर्नेमा जोड दिएका छौँ,’ उनले भनिन्, ‘टेन्ट उपलब्ध गराउनर अहिलेका लागि वैकल्पिक राहतको व्यवस्था हो, तर उनीहरूका लागि हामीले नयाँ आवासको व्यवस्था गर्नुपर्छ, जुन एकरातमा निर्माण हुन सक्दैन, उनीहरूसँग अहिले नजिक रहनुछ भने उनीहरूसँग धेरै वर्ष रहनुपर्नेछ ।’
यो प्र्रेमी जन टोडका साथ गत वैशाख १० गते ‘फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल एसिया प्यासिफिक स्पोर्ट रिजनल कंग्रेस’ को कार्यक्रमका लागि राजधानी आइपुगेकी थिइन् भने वैशाख १२ गते साँझ फ्रान्स फर्किएकी थिइन् । युएनको ग्लोबल रोड सेफ्टी एम्बेस्डरसमेत रहेकी यो र प्रेमीजनले संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग भेटेर भूकम्पपीडितलाई सहयोग गर्न आग्रह गरेका थिए ।
‘अमेरिका, हङकङ, मलेसिया र युरोपमा रहेका मेरा साथीहरूले नेपालका लागि सहयोग गरेका छन् र केहीले गर्ने योजना बनाएका छन्,’ उनले खुलाइन् । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया