काठमाडौं । गत वैशाख १२ गते गएको महाभूकम्पपछि पीडितलाई राहत दिन पूर्व मिस नेपाल तथा अभिनेत्री रुबी राणा सक्रिय भएर लागेकी छन् । उनले राजधानीको चाबहिलस्थित कुमारीगाल कुमारी मन्दिर आसपास बस्ने पिडितलाई रुबीले १५ त्रिपाल दिएकी छन् ।
‘राजधानी भित्रको नै यस्तो अवस्था छ भने झन् विकट ठाउँको हालत के होला ?’उनले भनिन्, ‘उहाँहरूको अवस्था देखेर नराम्रो लागेपछि सहयोगको काम सुरु गरेको हुँ ।’ उपत्यकाका विभिन्न ठाउँसँगै दोलखा, सिन्धुपाल्चोक र गोरखाका विभिन्न गाउँ पुगेर त्रिपाल, कपडालगायत अन्य धेरै राहत सामग्री पीडितलाई दिँदै आएकी छन् ।
‘प्रचारप्रसारमा भन्दा पनि काममा विश्वास गर्छु र सके जति सबै ठाउँमा प्रत्यक्ष पीडितलाइ सहयोग गर्छु’ उनले प्रस्ट्याइन्, ‘यो समयमा पीडितको आँसु पुछ्न सक्नु र आपूmले सकेको सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म हो ।’ (सौस)
प्रतिक्रिया