मुम्बई । नेपालमा गत मंगलबार दोस्रो ठूलो भूँइचालो जानु केही मिनेटअघि बलिउड फिल्म ‘तेवार’का निर्देशक अमित शर्मा पूर्वी नेपालसँग सीमाना जोडिएको भारतको सिलिगुडीमा एक विज्ञापनको छायांकनको तयारीमा थिए । तर एक्कासी भूकम्प गएपछि उनले आफ्ना सबै योजना स्थगित गरे ।
‘म होटलमा आराम गर्नका लागि सुस्ताइरहेको थिएँ, एक्कासी कोठा ठूलो चालले हल्लिन थाल्यो,’ अमितले भनेका छन्, ‘मैले त्यो बेला सपना होला भन्ने सोचेँ तर मैले जब आँखा खोले आफ्नो अगाडि मृत्यु देखेंँ ।’ होटलको चौथो तलामा रहेका उनको टाउकोमा सिलिङको सिमेन्टको पाता उछिट्टिएर लागेको थियो ।
‘पूरै होटल हल्लिएको थियो, जसकारण म होटलको ग्राउन्ड फ्लोरसम्म पुग्छु भन्ने पनि लागेको थिएन,’ उनले सञ्चारमाध्यमसँग भनेका छन्, ‘बाहिर निस्किएर घरमा आपूm सकुशल रहेको जानकारी गराएपछि अन्य टिमका साथीहरूको उद्धार गर्न गएँ ।’ आपूm जीवनकै सबैभन्दा अत्यासपूर्ण क्षण रहेकाले तुरुन्तै मुम्बई फर्कने निर्णय गरेको उनले सुनाए । भूकम्पको कम्पन र पीडालाई नजिकबाट नियालेका अमित अब तुरुन्तै सिलिगुडी फर्केर काम गर्ने मुडम
छैनन् । (एजेन्सी)
प्रतिक्रिया