लसएन्जल्स । हलिउड अभिनेत्री जेसिका अल्बाले आफ्ना दुई छोरीले आफ्नो फेसन गर्ने शैलीलाई कहिल्यै पनि मन नपराउने गरेको खुलासा गरेकी छन् । अभिनेत्री अल्बाले दुई छोरी हनर र हेभनले आफ्नो पहिरन प्रति जहिल्यै पनि टिप्पणी गर्ने गरेको खुलाएकी हुन् ।
‘जहिल्यै पनि मेरा छोरीहरूले ‘के यो पहिरन तपाईंका लागि उपयुक्त छ ? तपाईं आज पनि आफ्नो भुँडी देखाउनुहुन्छ ?’ भनेर सोध्ने गर्दछन्, ‘म उनीहरूलाई ‘यो पहिरन मलाई सुहाउँछ, म वयस्क महिला हुँ, तिमीहरूलाई यस्तो पहिरन सुहाउँदैन’ भनेर जवाफ दिन्छु ।’
उमेरले ३४ टेक्दै गरेकी जेसिका विश्वकै स्टाइलिस्ट महिलाको सूचीमा पर्छिन् । ‘म आफू स्टाइलिस्ट हुन चाहन्छु त्यसकारण पनि म उनीहरूको कुरामा त्यति चासो दिन्नँ ।’ जेसिकाले भनेकी छन् । (एजेन्सी)
प्रतिक्रिया