विश्व च्याम्पियनसिपमा सहभागी नहुने

काठमाडौं । रुसको मस्कोमा हुने तेक्वान्दो विश्व च्याम्पियनसिपमा नेपाल सहभागी नहुने भएको छ । देशको दैवीविपत्तिका कारण सहभागिता नजनाउने निर्णय गरेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले बताए । अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा उत्साहजनक परिणाम दिलाउँदै आएको तेक्वान्दोको विश्व च्याम्पियनसीप सुरु भएदेखि नै नेपालको सहभागिता रहँदै आएको थियो ।
नेपालको दैवीविपत्तिबारे विश्व तेक्वान्दो महासंघ
(डब्लुटिएफ)मा जानकारी गराएको र त्यहाँबाट सहयोग पाउने कुरामा विश्वस्त रहेको अध्यक्ष राणाले बताउँछन् । प्रशिक्षक मीन थापासहित निशा राउत, निमा गुरुङ विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने तयारीमा थिए । नेपाली टोली आइतबार नै रुसतर्फ जाने कार्यक्रम थियो । विश्व च्याम्पियनसिप ११ देखि १७ मेसम्म हुनेछ । (सौस)

प्रतिक्रिया