आर्थिक र जिन्सी सहयोगमा खेलाडी

Nepali-Kheladiकाठमाडौं, १८ वैशाख । शनिबार आएको महाभूकम्पमा परेका भूकम्पपीडितको सहयोग गर्ने क्रम जारी रहेको छ । हालसम्म भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । घाइते हुनेको संख्या १२ हजार पुगिसकेको छ भने हजाराँ मानिस बेघर भएका छन् ।

काठमाडौं उपत्यकाका आधिकांश मानिस महामारीको डरले गाउँ पलायन भएका छन् । भूकम्पको त्रास नहटिसकेको अवस्थामा विभिन्न देश, क्षेत्र र व्यक्तिबाट भूकम्पपीडितका लागि सहयोग गर्ने क्रम जारी छ ।

यसक्रममा सितोरियो करातेका पूर्वखेलाडी आरके पहाडी श्रेष्ठले काभे्रका भूकम्पपीडितका लागि एक लाख बराबरको सहयोग गर्ने भएका छन् ।

हाल कोरियाको सियोलमा रहेका आरकेले काभ्रेका कुल ५० घरका लागि चामल, दाललगायत खाद्यान्न सहयोग गर्ने भएका हुन् । उनको गृह जिल्लासमेत रहेको काभ्रेका ५० घरका लागि प्रत्येकलाई ३० किलोको एक बोरा चामल र २ किलो दाल बाँड्ने भएका छन् ।

उनी हाल कोरियामा रहेकाले उनकी धर्मपत्नी शारदा प्रजापतीले भूकम्पपीडितका लागि खाद्यान्न बाँड्ने भएकी छिन् । उनी २०५० सालदेखि २०५७ सालसम्म नेपालमा करातेका राम्रो खेलाडीका रूपमा सबैमाझ परिचित थिए ।

करातेका सफल खेलाडी रवि महर्जनलगायत उनको ब्याजका खेलाडी हुन् । कोरियाबाट उनीसँग फोन सम्पर्क हँदा उनले यातायातको असुविधाले सहयोग कार्यमा आपूले गर्न परेको बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भैतिक पूर्वाधरको सरसफाइ गरिएको छ । त्रिपुरेश्वरस्थित राखेप हाताभित्र सरसफाइ गरिएको हो ।

सरसफाइमा राखेप सदस्य–सचिव युवराज लामालगायत पदाधिकारी, कर्मचारी, खेलाडी, विभिन्न खेल संघका पदाधिकारीलगायत सहभागी थिए । यसैगरी, नेपाल खेलकुद महासंघले पनि क्षति पुर्‍याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भैतिक पूर्वाधारको सरसफाइ गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हाताभित्र सरसफाइ गरिएको हो ।

सरसफाइमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, महासंघका महासचिवसमेत रहेका राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पालगायत सहभागी थिए ।

राजीव बस्नतेसहितको कोटेश्वर युवा समूहले कोटेश्वरमा खाद्य सामग्री वितरण गर्ने काम गर्‍यो ।
अध्यक्ष महेन्द्र राईको नेतृत्वमा किरात खेलकुद संघ कपन क्षेत्रमा राहत वितरणमा बिहीबार व्यस्त रह्यो । संघले शुक्रबार सिन्धुपालचोकमा राहत वितरण गर्ने जनाएको छ । यसैबीच, बेसिंगस्टक नेपाली कम्युनिटीबाट प्राप्त सहयोग आलापोटमा वितरण गरियो । यस काममा तेक्वान्दो खेलाडी रोमी गिरीलगायत सक्रिय थिए ।

अमेरिकामा बस्ने भलिबलका पूर्वराष्ट्रिय खेलाडी सुनील चौधरीकी छोरी मेरिल्यान्डबाट परीक्षाको पर्वाह नगरी काठमाडां आएकी छिन् । यसैखाले सहयोगका लागि । उनले नेपालको दैवी विपत्ति र यहाँका मान्छेको जिन्दगी आफ्नो उच्च शिक्षाभन्दा महत्वपूर्ण भएको प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया