काठमाडौं, ११ वैशाख । नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा)ले अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआइए) अन्तर्गत एफआइए एसिया क्षेत्रीय खेलकुद कंग्रेसको अवसर पारेर दुई व्यक्तित्वलाई सम्मान गरेको छ । नासाले बिहीबार आयोजना गरेको एक कार्यक्रमकाबीच नेपालमा पहिलोपटक गाडी बोकेर ल्याउने एक मात्र जीवित व्यक्ति धनबहादुर गोले र नेपालकी पहिलो महिला चालक महिला मच्छरीदेवी चित्रकारलाई सम्मान गरेको हो ।
एसोसिएसनले गोलेलाई चन्द्रागिरि हुँदै काठमाडौंमा पहिलोपटक गाडी भित्र्याएको भन्दै सम्मान गरेको हो । त्यस्तै त्यस्तै पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘नेसनल रोड सेफ्टी अवार्ड’ बाट सम्मान गरेको छ । कंग्रेसमा भाग लिन आएकी चचिर्च हलिउड अभिनेत्री मिचेल योहले खादा ओढाएर गोलेलाई सम्मान गरेकी थिइन् । मिचेल ग्लोबल सडक सुरक्षाका लागि एफआइएकी सद्भावना दूत हुन् । एफआइएले संयुक्त राष्ट्रसंघअन्तर्गत काम गर्छ । ८७ वर्षीय सम्मानसँगै गोलेलाई ११ हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरिएको थियो । चित्लाङ १ भण्डारखर्कका गोलेले २००५ देखि २०११ सालसम्म गाडी बोक्ने पेसा अपनाएका थिए । चित्रकारलाई पनि नगद ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । यस्तै श्रेष्ठलाई पनि ११ हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरिएको थियो । तर, उनले आफूले पाएको नगद सहयोग स्वरूप गोलेलाई दिने बताए ।
यसैबीच सम्मेलनको उद्घाटन उपराष्ट्रपति परमानन्द झाले बिहीबार गरेका छन् । शुक्रबारसम्म चल्ने कंग्रेसमा एसिया प्यासिफिक क्षेत्रका १४ देशका प्रतिनिधिको सहभागिता रहेको छ ।
उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति झाले नेपालमा मोटर स्पोर्ट्स पनि एउटा खेलको रूपमा विकास हँुदै गरेको र यसमार्फत सडक सुरक्षाको सन्देशसमेत फैलाउन सहयोग पुगेको धारणा राखेका थिए ।
उक्त अवसरमा एफआइएका अध्यक्ष जन टडले नेपालमा एसिया प्यासिफिक रिजनल कंग्रेसको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल पनि सडक दुर्घटना हुने धेरै देशमध्ये एकमा पर्ने भएकाले यो कंग्रेसले सडक सुरक्षाबारे समेत केही कार्य गर्न सरकार र सबै सरोकारवालालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया