छोटो समयमै रवीनाको फड्को

Raveenaकाठमाडौ, ९ वैशाख । रविना महर्जन, नेपाली टेबल टेनिसको पछिल्लो पुस्ताकी स्थापित खेलाडी हुन् । हाल उनी बरियता क्रममा तेस्रो स्थानमा छिन् । बढी उमेरमा खेलमा प्रवेश गरे पनि छोटो समयमा उनले फड्को मारेको देखेर टेबलटेनिस वृत्तनै आश्चर्यमा छ । उनको भविश्यको सोच र लक्ष्य दुवै टेबलटेनिस बनेको छ । ०६४ बाट उनले लाजिम्पाटमै टेबलटेनिस खेल्न सुरु गरेकी थिइन् । ‘सुरुमा घरतिर खेल्दै गइयो, खेल्दै जाँदा स्थानीय साथीभाइलाई हराउन थालेँ, सबैले उत्प्ररेणा दिन थाले,’ आफ्नो विगत सम्झँदै उनी भन्छिन् ।

लैनचौरको टेबलटेनिस हलनजिकै भएकाले उनी त्यहाँ खेल्न जान थालिन् । राष्ट्रिय टिमका खेलाडी बिहान आउनुअगावै खेलेर उनीहरूलाई छोडनुपर्ने बाध्यता उनलाई थियो । संयोग टेबलटेनिसमै राम्रा मानिएका प्रशिक्षक शुसीलकुमार पौडेलबाट उनले प्रशिक्षको अवसर पाइन् । ‘अहिले पनि शुसीलको हौसलाले काम गरेको उनी बताउँछिन् ।
उनले २०६५ सालमा काठमाडांैमा भएको पाँचौँै राष्ट्रिय खेलकुदबाट औपचारिक प्रतियोगिता खेल्न सुरु गरेकी थिइन् । त्यसमा उनी तेस्रो भइन् । त्यसले उनी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुँदा नै औधी खुसी भएकी थिइन् ।
०६८ मा उनी महेन्द्रनगरमा भएको छैटाँै राष्ट्रिय खेलकुदमा भने उनको यात्रा प्रिक्वाटर फाइनलमै टुंगियो । तथापि, उनले हिम्मत हारिनन् र लगातार मिहेनत गरिरहिन् । ०६८ मा नै भएको ३४ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा भने उनी जमिन् । उनी टिममा दोस्रो र सिंगलमा तेस्रो भइन् ।
उनी छैटाँै राष्ट्रिय खेलकुदपछि लगातार तेस्रो बरियतामा छिन् । धनगढीमा भएको राष्ट्रिय खेलकुदमा पनि उनले पुरानै प्रदर्शनलाई कायम राख्दै तेस्रो भइन । उनी ०६९ सालमा ३४ औँ राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपमा टिम इभेन्टमा दोस्रो, युगलमा तेस्रो, मिक्स डबल्समा तेस्रो र २०७१ मा लुम्बिनी च्याम्पियनसिपमा टिम इभेन्टमा दोस्रो भइन् ।
उनको ०७१ सालको वर्ष भने निकै उपलब्धिमूलक भयो । ०७१ मा उनले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगीताको अनुभव बटुलिन् । इन्चोन एसियाडमा सहभागी नेपाली टोलीमा रविना सहभागी थिइन् । कला बोहरा स्मृति खुला टेबलटेनिस च्याम्पियनसिपमा पहिलोपटक फाइनलमा प्रवेश गरेकी विराटनगरमा भएको ३७ औँ राष्ट्रिय टेबलटेनिसमा तेस्रो भइन् । ०७१ मा नै भएको खेलमा तेस्रो बरियातमा रहन सफल भएकी उनले विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाइन् । विश्व च्याम्पियनसिपकै लागि गरेको दैनिक चार घन्टा गरेको अभ्यासले उनलाई पक्कै माथि पु¥याउनेछ ।
१८ वर्षको उमेरमा टेबलटेनिस सुरु गरेका कारण कतिपय साथीले उनलाई जिस्काउने पनि छन् । तर, उनको प्रतिबद्धतामा अडिग रहिन् र मिहेनत पनि त्यत्तिकै गरिन् ।०६८ देखि ७१ सम्म एपिएफ रहेकी उनी हाल पुलिस क्लबमा छिन् ।
टेबलटेनिसको अलवा फुटबलप्रति विशेष रुचि राख्ने उनी इंग्लिस प्रिमियर लिग र नेपालमा भएको सबै फुटबल प्रतियोगिता हेर्न छुटाउँदिनन् । धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरले आफ्रहरू पनि स्तरीय बन्न सक्ने उनी बताउँछिन् ।
नेपालमा जुनियर खेलाडीको प्रदर्शन पनि आसलाग्दो भएका कारण भविष्यमा राम्रो पुस्ताको उदय हुन सक्ने उनको अनुमान छ ।

प्रतिक्रिया