आउँदै डन्ट ब्रेक माई हर्ट

Don't-Break-smallकाठमाडौं । पछिल्लो समयमा दर्शकलाई मनोरञ्जन दिनका लागि प्रेम र एक्सनलाई फ्युजन बनाएर फिल्म निर्माण गर्ने क्रम बढिरहेको छ ।

यसै शैलीलाई पछ्याउँदै बनेको फिल्म ‘डन्ट ब्रेक माई हर्ट’ आगामी वैशाख २५ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ ।

दिनेश पौडेलले निर्देशन गरेको त्रिकोणात्मक प्रेमकथा रहेको फिल्ममा माधव केसी, कविसा श्रेष्ठ, इशा गौतम, आकाश आचार्य, कल्पना आचार्य र कमल राईलगायतका कलाकारको अभिनय रहेको छ ।

ल्ममा कुमार श्रेष्ठ, अनिल बुढाथोकी र डम्बर श्रेष्ठको लगानी रहेको छ ।

दीक्षा फिल्म्सको व्यानरमा बनेको फिल्मको संखुवासभा, तेह्रथुम, मोरङ, झापा र इलामलगायतका स्थानमा छायांकन गरिएको छ ।

प्रेम बास्तोलाको लेखन रहेको फिल्ममा ओम सुनार र राम कार्कीको संगीत, रमेश आचार्यको सहनिर्देशन, दीपक लामाको सम्पादन र महेन्द्र थापाको छायांकन रहेको छ । (सौस)

Don't-Break

प्रतिक्रिया