डान्स विजेतालाई मोटरसाइकल

Danceकाठमाडौं । नृत्यमा रुची राख्ने युवायुवतीलाई लक्षित गर्दै त्रिकाल आर्ट एकेडमीले प्रतिष्पर्धात्मक कार्यक्रम ‘लेट मि डान्स नेपाल’को आयोजना गर्ने भएको छ । देश भरिका प्रतिभावान नृत्य प्रतिभा भएका व्यक्तिलाई विशेष प्राथमिकतामा राखेर सञ्चालन गर्न लागिएको प्रतियोगिताका लागि अत्तरिया, कोहलपुर, तुलसीपुर, बुटबल, पोखरा, डुम्रे, चितवन, हेटौंडा, गाईघाट, इटहरी, दमक, इलाम, ललितपुर, भक्तपुर र काठमाडौंमा अडिसन लिइनेछ ।

एकेडेमीका कार्यक्रम निर्देशक छेडुप लामाका अनुसार वैशाख ११ गतेदेखि सुदूरपश्चिमबाट अडिसन प्रारम्भ हुनेछ । नेपाली तथा अंग्रेजी गीतमा मात्रै प्रस्तुति दिन पाइने प्रतियोगितामा भाग लिनका लागि १३ वर्ष उमेर पूरा गरेकाले पाउनेछन् । एक सय प्रतियोगीलाई छानेर उत्कृष्ट २०, उत्कृष्ट १०, उत्कृष्ट पाँच हुँदै विजेता छनोट गरी दुई लाख ५० हजार मूल्य बराबरको एक थान मोटरसाइकल उपहार स्वरूप प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ठ २० मा पर्ने प्रतियोगीहरूले चर्चित निर्देशक तुलसी घिमिरेको एक नृत्यमय फिल्ममा मुख्य भूमिका गर्न पाउनेछन् । कार्यक्रम हिमालय टेलिभिजनले असार १८ बाट मंसिर १९ गतेसम्म प्रसारण गर्नेछ । प्रतियोगिताको निर्णायकमा छेडुप लामा, गोविन्द प्रभात र मोहन प्रधान रहनेछन् ।

प्रतिक्रिया