
काठमाडौं । बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका एक प्रतिवादीलाई काठमाडौंको सिफलबाट प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– ७ बस्ने मृगेन्द्र नाथ रिमाललाई बुधबार पक्राउ गरेको हो ।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी दिपक भट्ट समेत रहेको बीमा तथा धितोपत्र सम्बन्धी कसूर मुद्दामा रिमाल लामो समयदेखि फरार रहँदै आएका थिए ।
पक्राउ परेका प्रतिवादी रिमाललाई आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले जानकारी दिए ।
प्रतिक्रिया