
काठमाडौं । भक्तपुरको ताथली स्थित इन्जिनियरिङ कलेजको सिइओमा ई. डा खेमराज जोशी नियूक्त भएका छन् । साढे दुई दशकदेखि विविध विधाका इन्जिनियर उत्पादन गर्दै आएको कलेजले, कलेजका प्रयोशशाला, पूर्वाधार र शिक्षण पद्धतिमै व्यापक सुधार र हेरफेर गरिरहेको सन्दर्भमा उच्च प्राज्ञिक टिम निर्माणकै सिलसिलामा नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्वरजिष्ट्रार डा जोशी नियूक्त गरेको हो ।
पोखरा विश्ववविद्यालय अन्तर्गतको हिष्ट कलेजसहित हाइड्रोपावर र अन्य महत्वपूर्ण पूर्वाधारहरुको निर्माणसहित प्राध्यापनमा डा जोशिको उलेख्य अनुभव रहेको छ ।
नयाँ सत्रदेखी कलेजका प्रयोगशालालाई ‘डिजिटल ट्वीन टेक्नोलोजीलगायतका पछिल्ला प्रबिधिगत सुविधाहरुलाई अतिरिक्त शिक्षणका रुपमा विद्यार्थीरुलाई उपलब्ध गराउने उदेश्यले प्रयोगशाला र खेलकुदका पूर्वाधारमा समेत भारी लगानीको योजना कलेजले बनाएको कलेजका प्रिन्सिपल ई. दिपेन्द्र जम्कट्टेलले जानकारी दिए ।
त्रिविअन्तर्गतका सिभिल ९६, कम्यूटर–४८ र इलोक्ट्रोनिक्स ईन्जिनियरिङमा ४८ भर्ना सिटमा त्रिवि क्यालेन्डर अनुसार कलेजले भर्ना लिने जम्कट्टेलले बताए ।
पछिल्लो दुई वर्ष कलेजले नयाँ प्रबिधिलाई आत्मसाथ गर्दै प्रयोगशालाहरु थप गर्नुका साथै गुणस्तरिय र अनुभवी निर्माण गर्दै कलेजको नामसहित व्यस्थापकिय नेतृत्वमा व्यापक हेरफेर गरिरहेको विभागिय प्रमुख ई. रुपेश यादवले जानकारी दिए ।
प्रतिक्रिया