बर्ड फ्लुले बन्द भएको जावालाखेल सदर चिडियाखाना खुल्यो

काठमाडौं । बर्ड फ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

५ असारदेखि बन्द भएको चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो । काग मरेको र परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको थियो । बर्ड फ्लुका कारण चिडियाखानामा ४१ वटा पशुपंक्षी मरेका थिए ।

पशुपंक्षीलाई खानेकुरा नदिन, दूरी कायम गर्न, धेरै लामो समयसम्म पशुपंक्षीको नजिक नबस्न, मास्क प्रयोग गर्न चिडियाखाना प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।–तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया