साउन लागेसँगै काठमाडौंको इन्द्रचोक बजारमा चहलपहल

काठमाडौं । साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरु हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन् ।

हिन्दु देवता शिवलाई अपर्ण गरिने साउन महिनाभर महिलाहरु हरियो, रातो र पहेंलो पोते लगाउने गर्छन् । साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ ।

पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ । हिन्दु धर्ममा सौभाग्यका रुपमा चिनिने पोते इरानी गहना हो । पोतेको व्यापार वर्षैभरि हुँदैन, तिज, साउन तथा विवाहको लगन भएका महिनामा असन र इन्द्रचोकमा भीड लाग्ने गर्दा छ ।–तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया