
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ मा सरकारले १६६ वटा कानुन बनाउने तयारी गरेको छ । विभिन्न मन्त्रालयका लागि आवश्यक नयाँ ऐन र संशोधन गर्नुपर्ने ऐनको मसौदा सूची तथा त्यसको प्राथकितासहितको तालिका कानुन मन्त्रालयले संघीय संसद्मा पठाएको छ । कानुनमन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई छुट्टाछुट्टै भेटेर आगामी वर्ष निर्माण गरिने कानुनको मसौदा सूची र कार्यतालिका हस्तान्तरण गरेकी हुन् ।
कानुन मन्त्रालयले संघीय संसद्मा पेस गरेको विधेयकको प्राथमिकताक्रमको एकीकृत विवरण सूचीमा ९७ वटा नयाँ र ६९ संशोधन गर्ने विधेयक छन् । जसमा पहिलो प्राथमिकतामा परेका विधेयक संख्या ६४ छ, जुन २०८३ साउनदेखि कात्तिकभित्र संसद्मा टेबुल हुने भनिएको छ । त्यस्तै, दोस्रो प्राथमिकतामा परेका विधेयक संख्या ४५ छ, जुन मंसिरदेखि फागुनसम्म र तेस्रो प्राथमिकताका विधेयक संख्या ५७ छ । तिनलाई २०८३ चैतदेखि २०८४ असारसम्म प्रस्तुत गर्ने सरकारको लक्ष्य छ ।
बुझाइएको सूचीमा उल्लेख भएका कानुनका मसौदा तत्काल नै तयार भने छैनन् । सम्बन्धित मन्त्रालयहरूले त्यसमाथि काम गरिरहे पनि मसौदा निर्माणको चरणमा आउन अझै केही समय लाग्नेछ । कानुन मन्त्रालयअन्तर्गत कानुन तर्जुमा महाशाखाका उपसचिव भूमिनन्द खनालका अनुसार प्राथमिकतमका आधारमा मन्त्रालयहरूले प्रक्रिया अघि बढाउनेछन् ।
विधेयकहरूको सूची तयार पार्न मन्त्री गौतमले प्रधानमन्त्री कार्यालयसहित सबै मन्त्रालयका मन्त्री र सचिवसँग चरणबद्ध छलफल गरेकी थिइन् । विधायन ऐन, २०८१ अनुसार कानुन मन्त्रालयले आगामी वर्षमा सदनमा पेस गरिने विधेयकहरूको सूचीसहित वार्षिक विधायन कार्यतालिका असार मसान्तभित्र संघीय संसद्मा पठाइसक्नुपर्ने कानुनी व्यवस्था छ । ऐनको दफा ३ मा सम्बन्धित मन्त्रालयले आगामी आर्थिक वर्षमा तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकताक्रम खुलाई कानुन मन्त्रालयमा पठाउनुपर्ने र कानुन मन्त्रालयले संघीय संसद्मा पेस गर्ने विधेयकको प्राथमिकताक्रम निर्धारण संघीय संसद्मा बुझाउनुपर्ने व्यवस्था छ । अघिल्लो आर्थिक वर्षमा तत्कालीन सरकारले १२१ वटा विधेयकको सूची बुझाएको थियो ।
आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गरिने
सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष घोषणा गर्ने भएको छ । संघीय संसद्मा १६६ विधेयकको सूची बुझाएको कानुन मन्त्रालयले आउने वर्षलाई कानुन सुधार र निर्माण वर्ष घोषणा गर्ने निर्णय गरेको हो । यस विषयमा प्रष्ट पार्दै कानुनमन्त्री सोविता गौतमले भनिन्, ‘आउने वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै छौँ । विकासका लागि सहज वातावरण निर्माण गर्न यो वर्ष पूरै कानुन सुधारमा लाग्छौँ ।’ यसका लागि मन्त्रालयले ९ बुँदे कार्ययोजना तयार पारेको छ । कानुन सुधार तथा कानुन निर्माण वर्षका लागि कार्ययोजना तयार, प्रचलित कानुनहरूको पुनरवलोकन तथा सुधारका लागि उच्चस्तरीय कानुन सुधार समिति गठन तथा समयमै संसद्मा विधेयक निर्माण, छलफल र पारितका लागि संसदीय समितिहरूलाई थप सक्रिय बनाउन सभामुख, समितिका सभापति र संसद्का महासचिवसँग आवश्यक समन्वय गर्ने विषयलाई कार्ययोजनामा समेटिएको छ ।
त्यस्तै, उक्त कार्ययोजनामा प्रत्येक महिनाको पहिलो सोमबार सम्बन्धित मन्त्रालयसँग विधेयकहरूको प्रगतिबारे छलफल, ‘मेक योर वन ल’ प्रणालीमार्फत् आमनागरिकबाट प्राप्त सुझाव अध्ययन, विश्लेषण तथा सरोकारवालासँग छलफल गरी उपयुक्त सुझाव कानुन निर्माण प्रक्रियामा समावेश गरिने विषय समेटिएको छ भने कानुन तर्जुमा निर्देशिका निर्माण र विधेयक अनुगमन प्रणाली पनि सञ्चालन गरिने उल्लेख छ ।
०००
नयाँ कानुन के–के छन् ? संशोधन गरिने कानुन कुन कुन हुन् ?
१. नयाँ बनाइने कानुनहरू
विकास व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
राष्ट्रिय सतर्कता केन्द्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
साईबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
सम्पत्ति व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
गैर कर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
खानी तथा खनिज पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
कम्पनी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
औद्योगिक सम्पत्ति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
निकासी पैठारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
जलस्रोत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
सिंचाइ विकास तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
निःशुल्क कानुनी सहायता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक
कृषि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
पशु स्वास्थ्य, पशु सेवा तथा पशु कल्याण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
स्थानीय शान्์ति सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
विशिष्ट व्यक्तिहरूको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
क्षतिपूर्ति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
कन्सुलर सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
रासायनिक हातहतियार निषेध गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
डिप्लोमा इन्जिनियरिङ परिषद् गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक
लैंगिक हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
राष्ट्रिय युवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
राष्ट्रिय रोजगार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
श्रम आप्रवासन सम्बन्धमा व्यवस्था गर्न विधेयक
विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
रासायनिक पदार्थ व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
प्लानेटेरियम, वेधशाला र विज्ञान सङ्ग्रहालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
राष्ट्रिय योग्यता प्रारूप सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
विद्यालय शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
पुस्तकालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
विश्वविद्यालय सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
मिडिया काउन्सिल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
राष्ट्रिय आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
दूरसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
राष्ट्रिय समाचार समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
हुलाक सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
गोरखापत्र संस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक
प्राचीन स्मारक संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
प्रतिलिपि अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक
औषधी तथा स्वास्थ्य सामग्री सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक
स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
सेरोगेसी तथा आइ.भी.एफ. सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक
केन्द्रीय रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
मानसिक स्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
स्वास्थ्य गुणस्तर प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
राष्ट्रिय दुग्ध विकास बोर्ड सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
अध्यागमन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
जग्गा प्राप्ति सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
संघ संस्था स्थापना तथा दर्ता सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
गैर आवासीय नेपाली सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
नगर विकास कोष सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
फोहरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
पानीजहाजको सञ्चालन तथा व्यस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
शहरी विकास सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
निर्माण व्यवसाय सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
काठमाडौँ उपत्यका तथा वागमती सभ्यता संरक्षण विकास प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
भूमि सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
जग्गा नापजाँच सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
नेपाल स्काउट सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
लुम्बिनी विकास कोष सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
पशुपति क्षेत्र विकास कोष सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
नेपाल पर्यटन बोर्ड सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
नेपाल वायुसेवा निगम सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
आयुर्वेद सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
विनियोजन विधेयक
राष्ट्र ऋण उठाउने विधेयक
आर्थिक विधेयक
०००
२. संशोधन गर्ने कानुनहरू
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक
सार्वजनिक पदाधिकारीको नियुक्ति तथा पदावधि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
राष्ट्रिय तथ्यांक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक
नेपाल ट्रष्ट ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक
प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक
कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक
नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक
भुक्तानी तथा फस्यौंट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
विनिमेय अधिकारपत्र ऐन, २०३४ लाई संशोधन गर्न बनेको विधेयक
धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक
मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
मुलुकी देवानी संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
नेपाल कानुन आयोग ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक
न्याय परिषद ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक
संघीय संसद सचिवालय सम्बन्धी ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक
संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवा सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक
मध्यस्थता ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक
नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० लाई संशोधन गर्न बनेको विधेयक
पशु बधशाला तथा मासु जाँच सम्बन्धी ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक
वन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गर्न बनेको विधेयक
नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक
राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
खानेपानी तथा सरसफाई ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक
भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक
संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन, २०५४ लाई संशोधन गर्न बनेको विधेयक
शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक
खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ लाई संशोधन गर्न बनेको विधेयक
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
श्रम ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
सैनिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक
नेपाल विज्ञान तथा प्रविधि तथा प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक
विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक
विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक
स्वास्थ्य बीमा ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लाई संशोधन गर्न बनेको विधेयक
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐनलाई संशोधन गर्न बनेको विधेयक
प्रतिक्रिया