
काठमाडौं । जनकपुरबाट आसार २५ गतेबाट सुरु गरी सुरु भएको मिटरब्याजविरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ ।
राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौं नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन् ।
न्याय खोजीमा निस्किएका सयौँ सहभागीहरूले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेर मार्चमा सहभागी भएका छन् । उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ अगाडि बढिरहेका छन् ।
आयोजकहरूको भनाइअनुसार सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाबस्थापना गर्न फेरि काठमाडौं गुन्जायमान बनाउनुपर्ने अवस्था आएको छ । उनीहरू करिब एक साताभित्र काठमाडौं पुग्ने छन् ।– तस्विर नेपाल फोटो लाइब्रेरी











प्रतिक्रिया